# भर्खरै
Namaste Icon
Ad

तीर्थ लामा सभापति बनेपछि काभ्रेमा कांग्रेस बन्यो ठुलो दल, निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन कार्यक्रम आयोजना

तीर्थ लामा सभापति बनेपछि काभ्रेमा कांग्रेस बन्यो ठुलो दल, निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन कार्यक्रम आयोजना

काभ्रे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई र शुभकामना कार्यक्रम तय गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सबै प्रतिनिधिहरुलाई उपस्थितको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पत्राचार गरेको छ । कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्काले सम्बोधन गर्नेछन् । कार्यक्रम बनेपा स्थित बनेपा पार्टी भेन्यूमा जेठ २७ गते शुक्रवार बिहान ११ बजे हुने बताइएको छ ।


काभ्रेमा १३ वटा मध्ये ७ गाउपालिका र ६ नगरपालिका साथै १६९ वडा रहेका छन् । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा ७ वटा प्रमुख ‘६वटा उपप्रमुख र ६० वटा वडा अध्यक्ष सिटमा कांग्रेसले जित हासिल गरि काभ्रेमा ठुलो दल बनेको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामाको नेतृत्वको ज़िम्मेवारी पाए पश्चात काभ्रेमा कांग्रेसको माहोल कार्यकर्ता र जनता माझ नया उर्जा थपेको एक नेताले बताए । सभापति लामाले काभ्रेमा कांग्रेस हाक्ने जिम्मा पाएसँगै स्थानीय स्तरमा संगठन बलियो रुपले अगाडी बढेको ती नेताको दावी छ । नेपाली कांग्रेस काभ्रेमा पहिलो दल बनेको यो पहिलो चोटी हो ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad