# भर्खरै
Namaste Icon
Ad

ओलीको आलोचना गरेको भन्दै घनश्याममाथि कारबाहीकाे जिम्मा केन्द्रीय सचिवालयलाई

ओलीको आलोचना गरेको भन्दै घनश्याममाथि कारबाहीकाे जिम्मा केन्द्रीय सचिवालयलाई

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको जिम्मा अनुशासन आयोगले पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । यसअघि अध्यक्ष केपी ओलीले भुसाललाई कारबाही गर्ने जिम्मा अनुशासन आयोगलाई दिएका थिए । तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि केन्द्रीय सचिवाललाई दिएको जनाइएको छ ।

सार्वजनिक रुपमै अध्यक्ष ओलीको आलोचना गरेको भन्दै नेता भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो । बैठकले सोझै कारवाही गर्ने तयारी गरेपछि एमालेकै केही नेताहरुले आपत्ति जनाएका थिए ।

एमालेको विधानतः अनुशासन आयोगले कुनै नेतामाथि कारबाही गर्नेबारे सिफारिस मात्र गर्न पाउने छ । त्यसैले आयोग भुसाललाई कारबाही गर्नबाट ब्याक भएको हो ।

एमालेका एक नेताका अनुसार पार्टी सचिवालयसमक्ष लिखितरुपमा सिफारिस गइसकेकाले सचिवालयले नै भुसालमाथि कारवाही अगाडि बढाउने भएको छ । नेता भुसालले एक नीजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कडा आलोचना गरेका थिए ।

अध्यक्षको आलोचना गरेपछि बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad