# भर्खरै
Namaste Icon
Ad

पाँच वटा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भयो ‘गरिखाने अभियान’

पाँच वटा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भयो ‘गरिखाने अभियान’

काठमाडौं । उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराइ देशव्यापी रूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् । स्वदेशमै केही गरौं भन्ने आकांक्षा राख्ने युवा तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्नका लागि प्रदेश सरकारहरूबाट ‘गरिखाने अभियान’ सञ्चालन हुन लागेको हो ।


नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले यस अघि देखि नै आफ्नै पहलमा गरिखाने अभियानलाई देशव्यापी बनाएको छ । उद्यमशीलता र रोजगारका अवसरसँग युवालाई आवद्ध गर्ने यस अभियानले उद्यमशीलताको महत्वबारे जागरण सिर्जना गरेको समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले बताए ।


‘नेपाली कांग्रेसको यो सोचले व्यापकता प्राप्त गर्नु उत्साहजनक छ,’ चौधरीले भने, ‘देशमै उद्यम र रोजगारीका अवसरले मुलुकमा रोजगारीका अवसर प्राप्त हुनुका साथै उत्पादकत्व समेत वृद्धि हुन्छ । यसले अर्थतन्त्रको दिगो, समावेशी र फराकिलो आर्थिक विस्तारलाई स्थायित्व प्रदान गर्छ ।’


यस अभियानले छोटो समयमै देशभर उपस्थिति जनाएको छ भने यसमा आवद्ध भइ उद्यमशील बन्न चाहानेहरूको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा ‘गरिखाने अभियान’मा आवद्ध १२९ उद्यम परियोजनालाई बैंक तथा वित्तीय संस्थाको सहुलियतपूर्ण कर्जा उपलब्ध भएर उद्यम/व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उद्यमशील बन्ने आकांक्षा राखेर ‘गरिखाने अभियान’मा जोडिएका सबैलाई स्थानीय सम्भावना अनुसारका उद्यम सञ्चालन गर्न सम्भावना पहिचान, व्यवसाय दर्ता, व्यवसायिक योजना विकास, सीप तथा प्रविधि र पुँजी उपलब्ध गराउने संस्थाहरूसँग समन्वय, सम्भावित जोखिमबारे अभिमुखीकरण र बजार पहुँच लगायत उद्यमशीलताको सम्पूर्ण ‘इकोसिस्टम’मा आधारित सेवा गरिखाने अभियानका साझेदार संस्थाहरूमार्फत् सेवा उपलब्ध हुँदै आएको छ ।


प्रदेश सरकारहरूले समेत स्वामित्व लिएपछि आगामी दिनमा यो अभियानले अझै तीव्रता पाउने र लाखौं युवाको उद्यमशील बन्ने आकांक्षा पूरा गर्न यो अभियान कोशेढुंगा बन्ने चौधरीले विश्वास व्यक्त गरेका छन् । ‘यो विशुद्ध उद्यमशीलता विकासको अभियान हो । मुलुकमा रोजगारीको अवसर नभेटेर विदेशीएका युवालाई मुलुकमै उद्यम गर्न आकर्षित गर्न साथै रोजगारी र उत्पादनका थप आधार विस्तार गर्न देशव्यापी अभियान सञ्चालन गरेका हौं,’ चौधरीले भने, ‘ यस दिशातर्फको अभियानले सार्थकता प्राप्त गर्नेमा हामी विश्वस्त छौं ।’


चौधरीले उद्यमशीलता विकासमा काम गर्ने संघसंस्था, यसका हिमायतीहरू, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र सबैको यो साझा अभियान भएको बताउँदै मुलुकभित्रै उत्पादन विकासले आयात प्रतिस्थापन, रोजगारी, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गरेका छन् । साथै, उहाँले महामारीले सिर्जना गरेको भीमकाय चुनौतीका बाबजुद ‘गरिखाने अभियान’लाई देशव्यापी बनाउँदै आकांक्षी उद्यमीहरूबाट प्रस्ताव लिएर प्रारम्भिक चरणमा १२९ परियोजनामा सहुलियत कर्जा लगानी भएको अवसरलाई ‘सेलिब्रेट’ गर्नुपर्ने बताए ।


‘गरिखाने अभियान’मा आवद्धताका लागि पहिलोपटक ‘रोड शो’ २०७७ माघदेखि शुरु भएको थियो । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिको बाबजूद यो अभियान देशभर विस्तार भएको छ । ‘गरिखाने अभियान’मा देशभरबाट उद्यमशील बन्न चाहानेहरूले सहजै सम्पर्क गर्न सक्ने र यसमा आवद्ध भइ निःशुल्क उल्लेखित सेवाहरू प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad