# भर्खरै
Namaste Icon
Ad

घुमुवा प्रहरी हटाउन ह्दयश त्रिपाठीकाे माग

घुमुवा प्रहरी हटाउन ह्दयश त्रिपाठीकाे माग

काठमाडौं । पूर्वमन्त्री ह्दयश त्रिपाठीले घुमुवा प्रहरी भ्रष्टाचारी र दलालको बिचौलिया भएको भेटिएको आरोप लगाएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा आफ्नो भनाई राख्दै त्रिपाठीले यस्तो व्यस्था हटाउनसमेत माग गरेका छन् । 'घुमुवा भन्ने व्यवस्था गरेको रहेछ। कुन वैज्ञानिकले गरेको हो यो। यो भ्रष्टाचार र दलालको लागि बिचौलियाको काम गर्ने रहेछ,' त्रिपाठीले भने, 'मैले नयाँ आइजिपीलाई पनि भन्न चाहन्छु । यो उहाँहरुले सोच्नुपर्‍यो यो घुमुवा भन्ने गाउँगाउँमा पठाउने रहेछ । त्यसलाई हटाउनुपर्‍यो ।'

त्यसैगरी त्रिपाठीले बर्दियामा बाघको आतंकबाट बच्न खोज्दा प्रहरीले गोली हान्नुको कारण माग गरे । उनले थारु र मधेशी देख्नेवित्तिकै गोली हान्नुपर्ने कारण आफूले नबुझेकोसमेत बताए । 'बर्दियामा बाघको आतंकबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो । मैले बुझ्न नसकेको हाम्रो पुलिस प्रशासनले त्यो थारु र मधेशी देख्नेवित्तिकै गोली नै हान्नुपर्छ?' उनले प्रश्न गरे, 'त्यो घृणा कहिले अन्त्य हुने। त्यस्तै प्रतिघृणा अर्को तर्फबाट हुन थाले हामी कहाँ पुग्ने हो। यो सारै चिन्ताको विषय छ ।'

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad