# भर्खरै
Namaste Icon
Ad

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि उलने लगत्तै आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो अध्यक्षतामा नयाँ दल दर्ताका लागि निवेदन दिएको बताए । उनले आगामी निर्वाचनमा देशभर आवश्यक्ता अनुसार आफ्नो पार्टीको तर्फबाट उम्मेदवार उठाउने पनि बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताएका थिए । उनले मंगलबार नै आफ्नो पार्टी कार्यालयको शुभारम्भ पनि गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेको छ । उनको पार्टीमा २१ जना सदस्य रहेको बताइए पनि अन्य पदाधिकारीको नाम भने सार्वजनिक गरिएको छैन । उनले पार्टी दर्ता प्रमाणपत्र पाएको दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad