# भर्खरै
Namaste Icon
Ad

स्रोत नखुलेको ३ करोड ८९ लाख रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली नागढुंगाबाट पक्राउ

स्रोत नखुलेको ३ करोड ८९ लाख रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली नागढुंगाबाट पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको तलासी गर्दा प्रहरीले स्रोत नखुलेको ठूलो रकम बरामद गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

 

पक्राउ परेकाहरु

१. चिनियाँ नागरिक वर्ष ५० को अङ जाइकिङ

२. चिनियाँ नागरिक वर्ष ४९ को झान टु

३. चिनियाँ नागरिक वर्ष ३१ को मेङ युन सुन

४. चिनियाँ नागरिक वर्ष २६ को मौजियान हुआ

५. जिल्ला नुवाकोट विदुर नगरपालिका वडा नं. ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ

 

बरामद रकम

१. एक हजार दरको ३६ हजार ४१३ थान गरी नगद ३ करोड ६४ लाख १३ हजार

२. पाँच सय दरको ५ हजार १ थान गरी नगद २५ लाख ५००

३.एक सय दरको २ थान गरी नगद २००

४. बीस दरको थान १

जम्मा ३ करोड ८९ लाख १३ हजार ७२०।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad