# भर्खरै
Namaste Icon
Ad

नेपाल प्रहरीका १७ डिआइजीको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका १७ डिआइजीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन भएको छ । गृह मन्त्रालयले आइतबार १७ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। मन्त्रालयले निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी दर्ज्यानी चिह्न लगाइएको थियो । त्यससँगै कार्यालयले उनीहरूको पदस्थापन गरेको हो ।

पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरको कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापन भएको छ । टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको विशेष ब्युरो नक्साल, दिपक थापाको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल र श्यामलाल ज्ञवालीको साइबर ब्युरो भोटाहिटीमा पदस्थापन भएको हो ।

कसको कहाँ पदस्थापन भयोः सूची click here

 

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad