# भर्खरै
Namaste Icon
Ad

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा नियण गरेको छ । मन्त्रिपरिषद्ले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निर्णय गरेको बुधबार सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यी हुन् बैठकका निर्णयहरू :

  • असार २४ देखि २६ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने रिफाउन्डिङ द फिउचर कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने,
  • संयुक्त राष्ट्रसंघको आयोजनामा असार २१ देखि २३ तथा २७ देखि ३१ सम्म आयोजना हुने इकोसोक हाइलेभल फोरम २९ देखि ३१ सम्म हुने मिनिस्टेरियल सेग्मेन्ट र साउनमा हुने हाइलेभल सेग्मेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने,
  • खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार क्षेत्र आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने,
  • नेपाल प्रहरीमा क्षमता सहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने,
  • हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री ऊर्जाको प्रर्वद्धनका लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता रकम स्वीकार गर्ने,
  • हरित तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहयोग स्वीकार गर्ने,
  • पहाडी क्षेत्रमा कास्टफल तथा फलफूल अयोजनका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी अन्तिम रूप दिन अर्थमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,
  • विभूषण समितिका सदस्यका रूपमा रहेका अन्य सदस्यहरू यथावत् रहनेगरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजित बास्कोटा विभूषण समितिको सदस्य तोक्ने,
  • नेपालको नागरिकता एने २०३६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने,
  • सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने,
  • प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउन स्वीकृत प्रदान गर्ने,
  • विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिव परिवारहरूको सूची स्वीकृत गर्ने,
  • राष्ट्रिय बालअधिकार परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालीकासम्बन्धी नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बालअधिकारको उपाध्यक्ष तीन जना सदस्य र सदस्यसचिवहरू नियुक्त गर्ने,
  • वाग्मती प्रदेश ट्राफिक कार्यालयलाई चितवन जिल्लाको भरतपुर १ रामनगरस्थित सतनचुली सामुदायिक वनको ०.४६ हेक्टर वनक्षेत्र प्रयोग गर्न स्वीकृत दिने,
  • कर्णाली प्रदेशको प्रादेशीक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका वडा नम्बर १२ मा रहेको राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने,
  • भाषा आयोगको सदस्य पदमा डा. अम्मरराज गिरी, प्रा.डा. कृष्णप्रसाद न्यौपाने , मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृत योन्जन तामाङ्लाई नियुक्त गर्ने,
  • विभिन्न स्थानीय तहलाई परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने,
  • नेपाल दुरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परLक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने,
  • नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ठ रिक्त पदमा सहसचिव डा. गोपिकृष्ण खनाललाई बढुवा गर्ने,
  • नेपाल कृषि तथा वन सेवा समुहीकरणतर्फको राजपत्रांकित विशिष्ठ पदमा डा. दिपककुमार खनाललाई बढुवा गर्ने,
  • नेपाल स्वास्थ्य सेवा अधिकृततर्फको १२औँ तहमा डा. संगिता कौशल मिश्रलाई बढुवा गर्ने,
  • हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने,
  • वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापिका निर्देशिका २०७९ स्वीकृत गर्ने,

 

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad