# भर्खरै
Namaste Icon
Ad

कास्कीमा रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव फेला

कास्कीमा रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव फेला
घटनास्थलमा फेला परेका कागजातहरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘हामीलाई शवबारे आइतबार राति खबर आएको थियो । हिजो प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले भने । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

Ad