# भर्खरै
Namaste Icon
Ad

इजरायलको लागि नेपाली राजदुत डा. शाक्यलाई चेम्बर अफ कमर्सको सम्मान तथा बिदाई

इजरायलको लागि नेपाली राजदुत डा. शाक्यलाई चेम्बर अफ कमर्सको सम्मान तथा बिदाई

नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा बिहीबार  सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका महामहिम राजदुत बेनी ओमरको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्मान तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले डा. शाक्यले व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नुपर्ने दिन आएको बताए  । उनले भने, “जसरि नेपाल महिला चेम्बरको संस्थापक सभापति भएर महिला व्यवसायीहरुलाई शशक्तिकरण तथा संगठित गर्ने काम गरि उच्च व्यवस्थापकीय र नेतृत्वदायी भूमिका खेल्नु भयो, त्यो भन्दा अझैं उच्च तहको कुटनीतिक कौशलता प्रदर्शन गरि दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्ने बेला आएको छ ।“

उनले नेपाल चेम्बर अफ कमर्समा आबद्द भएर उद्योग तथा बाणिज्यको क्षेत्रमा काम गरि प्रयाप्त अनुभव हाँशिल गरिसकेकी डा. शाक्यले अब इजरायलका लागि नेपाली राजदुतको रुपमा काम गर्दै गर्दा नेपालको कृषि उत्पादन, पर्यटन, प्रबिधि हस्तान्तरण तथा ’फ्लोरिकल्चर’को प्रबर्दनमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने बताएका थिए । २०१९ को मार्चमा हुने लगानी सम्मेलनमा यी क्षेत्रहरुमा इजरायलबाट लगानी भित्र्याउन डा. शाक्यले पहल गर्नुपर्ने कुरा समेत उनले उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने, “डा. शाक्यको नेतृत्वमा एउटा स्पिरिटमा सुरु गरेको नेपाल महिला चेम्बरलाई थप उचाईमा पुर्याउन उच्च हौशला र प्रेरणाका साथ् अन्य सम्पूर्ण महिलाहरु अझैं शशक्त ढंगबाट लाग्नुपर्दछ ।“ नेपाल चेम्बर अफ कमर्सले सक्षम व्यवसायिक महिला मात्र होइन, महिला राजदुत समेत जन्माएको कुरालाई सम्झेर सम्पूर्ण महिलाहरु यसलाई प्रेरणाको रुपमा लिएर अघि बढ्ने समय आएको कुरामा समेत श्रेष्ठले जोड दिए।

नेपालका लागि इजरायलका राजदुत बेनी ओमरले नव–नियुक्त नेपाली राजदुत डा. अन्जान शाक्यलाई बधाई ज्ञापन गर्दै व्यवस्थापकीय कौशलता भएका राजदुतको पालामा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको कृषि–प्रविधिको आधुनिकीकरण, अर्थ–पर्यटनको प्रबर्दन तथा भौतिक पूर्वाधारको निर्माणमा जोड दिए । इजरायलको सरकारले नेपाललाई यी क्षेत्रहरुमा सहयोग गर्न पहल गर्ने कुरा राजदुत ओमरले बताए ।

उक्त कार्यक्रममा सम्मान ग्रहण गरेकी डा. शाक्यले आफु नेपालको हितमा र नेपालमा लगानी भित्र्याउन कटिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गरन  । आफुले प्राप्त गरेको यो जिम्मेवारीको पछाडी नेपाल चेम्बर अफ कमर्सको पनि ठुलो योगदान रहेको भन्दै उनले  चेम्बरलाई धन्यवाद व्यक्त गरेकी थिई । आफु राजदुत भएर जाँदैमा नेपाल चेम्बर अफ कमर्स र नेपाल महिला चेम्बरलाई कदापी नबिर्सने भन्दै यी दुवै संस्थाको लागि अझैं ठुलो योगदान गर्न लागिपर्ने कुरा समेत व्यक्त गरिन् । उनले  नेपाल सरकार र इजरायलको सरकारलाई समेत धन्यवाद व्यक्त गरेकी हुन् । बिशेषगरि जनसम्बन्धलाई थप बलियो पार्ने तथा नेपालको कृषि–प्रबिधिलाई भित्र्याउन आफुले सक्दो पहल गर्ने कुरा समेत डा. शाक्यले उल्लेख गरेकी छिन  ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु, सदस्यहरु तथा नेपाल महिला चेम्बरका सदस्यहरु गरि करिब ८० जनाको सहभागिता रहेको थियो ।

 

Ad

सम्बन्धित समाचारहरु

मेगाले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

सन्तोष दहाल, ललितपुर । वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघ काठमाडौँको १९ औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad