Ad
Ad

चेम्बर द्वारा अन्तर्राष्ट्रिय भन्सार दिवस- २०१९ को आयोजना

चेम्बर द्वारा अन्तर्राष्ट्रिय भन्सार दिवस- २०१९ को आयोजना

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय भन्सार दिवस-२०१९ को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व सचिव लाल शंकर घिमिरेले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढ्नुपर्ने, ब्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्ने कुरा बताए ।  यी तिन कुराको सुदृढिकरण हुन बित्तिकै राजस्व शंकलन स्वतः हुने कुरामा समेत उनको भनाई थियो । 

नेपालको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब जति रहेको र २३ खर्ब भन्दा बढीको उपभोग नेपालमा हुने कुरा समेत उनले बताए  । नेपाल चेम्बर अफ कमर्स जस्ता नीजि व्यवसायीहरुको छाता संगठनलाई मानार्थ भन्सार अधिकृत बनाउन आफुहरु तयार रहेको र उक्त संस्थाहरुले त्यसको मर्यादा जोगाउन आफ्नो तर्फबाट पुरा शक्ति लगाउनुपर्ने कुरामा समेत उनले जोड दिए । 

कार्यक्रममा भन्सार बिभागका महानिर्देशक तोयम रायाले अबको भंसार ज्ञानमा आधारित, नवीनतम, प्रविधिमा आधारित र व्यवस्थित हुनुपर्ने कुरामा जोड दिएका थिए ।  सरकारी निकायबीच तथा सरकारी र नीजि संस्थाबिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने  उले बताए  । जति मुल्यमा र जुन ठाउंबाट सामान ल्याएको हो, त्यसलाई पुष्टि गर्ने दस्ताबेजहरु भएमा कारोबार मुल्यले सजिलै मान्यता पाउने कुरा समेत उनले उल्लेख गरे । 

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुहुदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भने , "सरकारी तहमा हुने अन्तर-निकायको समन्वयको अभावमा व्यवसायीहरुले दुख पाएकोले यसतर्फ सरकारले ध्यान दिन आवश्येक छ । " आयात-निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने कुरामा उनले  जोड दिए । भन्सारमा  जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधीयुक्त बनाउनुपर्नेमा उनक जोड थियो।

कार्यक्रममा सरकारी तहबाट र चेम्बरसंग आबद्द झन्डै १०० जना जतिको सहभगिता रहेको थियो । 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्दछ ।

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौं । सुनको भाउ आज ५ सय रुपैयाँले घटेर प्रतितोला रु ७० हजार ४ सय पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad