Namaste Icon
Ad

अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री

अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री

बासुदेब गिरी, प्युठान । प्युठान जिल्लाको महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत अंपागता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सोमवार सदरमुकाम खंलगा स्थित राष्ट्रिय अंपाग सेवा संघको कार्यालयमा अंपाग सेवा संघका जिल्ला उपाध्यक्ष हुनाराम खड्का, महेन्द्र माविका शिक्षक बसन्तलाल शाक्य, विभिन्न व्यक्ति, पत्रकारहरुको उपस्थितीमा अनेरास्ववियू केन्द्रिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विनोद भण्डारीले आफ्नो ३० औँ जन्मदिनको अवसर पारि अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

समाजबाट पछाडी पारिएका अंपागता भएका विद्यार्थीलाई केहि राहत प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको भण्डारीले बताए । आफु २९ वर्ष पार गर्दा समेत जन्मदिन नमनाएको स्मरण गर्दै भण्डारीले सुरुवातीको रुपमा अंपागता विद्यार्थीलाई सहयोग गरेको बताए । हामीहरुले शैली परिवर्तन गर्नुपर्छ, खाने ,हिडनु संगै समाजमा पनि केहि नयाँ कामका साथ जन्मदिन मनाउनुपर्नेमा उनले जोड दिएका छन । उनले भने,–‘अनावश्यक खर्चको प्रवृति हटाउनु पर्छ । ’ पहिलो सहयोग स्वरुप करिब १० हजार बराबरको सामाग्री वितरण गरेको उनले बताए । साथै उनले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

विद्यालयका शिक्षक शाक्यले जन्मदिनको अवसरमा अत्यन्तै उदारणीय काम गरेकोमा भण्डारीलाई धन्यवाद दिए । पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई सबैले यस्तै सहयोग गरेमा सबैलाई पहुँचमा ल्याउन सकिने समेत उनले बताए । महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत १० जना विभिन्न प्रकृतिका अंपागता भएका विद्यार्थीलाई एक सेट झोला सहित १० वटा कपि, सिसाकलम, ईलेजर, कटर लगाएतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । अंपागता भएका विद्यार्थीहरुले शैक्षिक सामाग्री पाउद खुशी व्यक्त गरेका छन ।

Ad

सम्बन्धित समाचारहरु

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस