# भर्खरै
Namaste Icon
Ad

साहित्यकार सुमी लोहनीको ‘भावका तरङ्ग’

साहित्यकार सुमी लोहनीको ‘भावका तरङ्ग’

काठमाडौं । साहित्यकार सुमी लोहनीको पहिलो कथा कथा संग्रह ‘भावका तरङ्ग’ सार्वजनिक भएको छ । पाँच हाइकु र कविता संग्रह तथा तीन कृतिको अनुवाद गरिसकेकी लोहनीको कथा संग्रह ‘भावका तरङ्ग’ पुस्तकमाथि सोमबार काठमाडौंमा अन्तरक्रिया समेत गरियो ।

लोहनीले २०६३ सालमा मरुद्यानका फूलहरू नामक कविता संग्रहमार्फत कृति प्रकाशन गर्न थालेकी हुन् । दामोदर पुडासैनी प्रतिभा कोषको आयोजनामा भएको कार्यक्रममा उक्त कथा संग्रहबारे टिप्पणी गर्दै स्रष्टा हेम भण्डारीले प्रतिरोध चेतनाको नमुना ‘भावका तरङ्ग’ मा देखिने चर्चा गरे । उनले पुस्तक लैंगिक चेतनाका दृष्टिले सशक्त रहेको जिकिर गरे ।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले कथा संग्रहको भाषा र विषयवस्तुले पाठकलाई तान्न सक्ने बताए । उनले कथाकारले पुस्तकमा महिला र पुरुषको सन्दर्भलाई सुन्दर ढंगले संयोजन गरेको बताए । स्रष्टा शैलेन्द्र प्रकाशले पहिलो कथा संग्रह भए पनि जीवन्त र सन्देशमूलक रहेको विचार व्यक्त गरे ।

कोषका अध्यक्ष दामोदर पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का साहित्यकार रामकुमार पाँडेले पुस्तकमा नेपाली समाजको यथार्थ चित्रण गरिएको पाएको बताए । यसअघि लोहनीका मरुद्यानका फूलहरू, अनुपमा, री, झिँगापुरको महायात्रालगायत कृति प्रकाशित भएका छन् । त्यस्तै, उनले खोज्नु छ अमृत कलश, मनले जिते जित र एउटा रोबोर्ट दिलाई देऊ राम कृतिको अनुवाद समेत गरेकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

पिँजडाका चरीहरु

पिँजडाका चरीहरु

खुल्ला आकाश भन्दा कयौं दुरि टाढा सानो घर अनि त्यो घर भित्र थुनिएका चरी सुन्यता र मौनताको संसारमा आफूलाई खोज्दैछन् आफैभित्र हजारौं पिँजडाका चरीहरु ।।

२०७६ पुष्पपराग साहित्य प्रतिष्ठान पुरस्कार  चैत ८ मा प्रदान गरिने

काठमाडौँ । भक्तपुर पुष्पपराग साहित्य प्रतिष्ठानकाे आयाेजनामा हुने पुष्पपराग साहित्य प्रतिष्ठानले पुष्पपराग वर्ष सम्मान पुरस्कार २०७६ हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार आगामी चैत ८ गते वार्षिक दिवसका दिन प्रदान गरिने भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad