# भर्खरै
Namaste Icon
Ad

रेनो सिरिजको नयाँफोन भ्यिाउने ओपोको तयारी

रेनो सिरिजको नयाँफोन भ्यिाउने ओपोको तयारी

काठमाडौं । ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँफोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक भने रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको हो ।

कम्पनीले भारतीय बजारमा पछिल्लो महिना रेनो टूसिरिज अन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ । यसैका आधारमा उक्तफोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो । रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । तीमध्य सबै वा छानिएका उपकरणहरु मध्यकुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ ।

रेनोको नयाँसिरिजले प्रयोगकर्ताका श्रीजनसिलतालाई नयाँ आयाम दिने प्रयास गरेको छ । ओपोको सफल, रेनो सिरिजअन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियोलगायतफिचर्सहरु उपलब्ध गरेको छ ।

रेनोका बारेमा
जुन २०१९मायूवा रचनात्मकतालाई प्रोत्साहनदिने सोचका साथपहिलो रेनो सार्वजनिकगरिएसंगै ओपोको यात्रा सुरु भएको हो । आफ्ना सपना पछ्याउँदै भावना प्रस्फुटन गर्न चाहने यूवाजमातकालागिविशेष निर्मित ओपो रेनोले स्टाइलिश लुक्स र नवप्रबर्तनात्मक डिजाइन मार्फत निकै लोकप्रियता पनि कमायो ।

अब सार्वजनिकको तयारीमा रहेको रेनोटू सिरजले प्रयोगकर्ताका रचनात्मकतालाई थपनयाँउचाई प्रदान गर्ने विश्वास लिइएको छ । नयाँफोनले प्रयोगकर्तालाई परम्परागत फोटोग्राफी भन्दामाथी उठ्दै अझ रचनात्मक, ताजा अनुभूति तथा भावना प्रस्फुटन गर्न सघाउने तस्विर खिच्न सघाउने विश्वास गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

लोकप्रिय बन्दै टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

लोकप्रिय बन्दै टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् ।

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

काठमाडौँ । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन् । स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad