# भर्खरै
Namaste Icon
Ad

सफल ब्यबसायी, कुखुरा पालेरै जोडे १५ बिघा जमीन

सफल ब्यबसायी, कुखुरा पालेरै जोडे १५ बिघा जमीन

चितवन । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गरेका चूडामणि भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न शुरु गरेका थिए । भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिएका भुसालले जोगी र साहँु हुँदै यहाँसम्म आइपुगेको बताए । बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता संकट उनको ब्यबसायले पार ग¥यो ।

विसं २०५९ मा राप्ती नदीले सबै कुखुरा बगाएपछि सम्पत्तिभन्दा ऋण चार गुणा पुगेको भन्दै उनले निरन्तर काम नछोडेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको बताए । बाढीले १५ हजार कुखुरा बगाएपछि ऋणमा चुर्लुम्म डुबे पनि हरेश नखाई भुसालले त्यसपछि पनि कुखुरापालन व्यवसायलाई निरन्तरता दिए । यससँगै आफ्नो पुख्र्याैली चार कट्ठा जमीनलाई बढाएर त्यही ठाउँमा तीन बिघा १० कट्ठा जमीन पु¥याएको उनले बताए । भुसालले भनेजस्तै दोस्रो पटक फेरि २०६२÷०६३ को जनआन्दोलनसँगै उनलाई यही पेशाले जोगी बनायो । ऋण अरु थपिए पनि पेशामा उनले निरन्तरता दिए । विसं २०६२ बाट ब्रोइलरसँगै लेयर्स पनि पाल्न थालेको उनले बताए ।

त्यतिबेला उहाँको कुखुरा ५० हजार पुगेका थिए । आँट बढ्दै गयो भुसालले भने, ‘२०७१ सालमा नवलपरासीको धारापानीमा चार बिघा जमीन किनेर ४० हजार लेयर्स पाल्न थाले ।’ त्यसको दुई वर्षपछि नवलपरासीकै दुम्कीवासमा पाँच बिघा जमीन किनेर ५० हजार लेयर्स पाल्न थालेको उनले जानकारी दिए । अझै विस्तारका लागि नवलपरासीकै मुडावासमा भुसालले तीन बिघा जमीन थपेका छन । चार कट्ठा पुख्र्याैली जमीनबाट अहिले उनको जमीन १५ बिघा नाघेको छ । तीन ठाउँमा गरेर एक लाख १५ हजार लेयर्स छन् । भुसालका अनुसार श्रीमती सविना र छोरा शिवले अहिले व्यवसायमा सघाएका छन् । तीन स्थानमा गरेर ५५ मजदूरले काम पाएका छन् । -रासस 

 

 

Ad

सम्बन्धित समाचारहरु

औषधीय गुण भएको जामुन

औषधीय गुण भएको जामुन

जामुन (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको फल हरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को)। यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इण्डोनेशिया आदिमा पाइन्छ।

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह खानुकाे फाईदा र ध्यान दिनु पर्ने कुराहरू

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाई फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ ।यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad