Ad
Ad

फेस्टिवल शपिगं मार्केट सम्पन्न : महर्जनलाई मोटरसाइकल उपहार

फेस्टिवल शपिगं मार्केट सम्पन्न  : महर्जनलाई मोटरसाइकल उपहार

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिगं मार्केट सम्पन्न भएको छ । पाँचदिन सम्म चलेको फेस्टिवल मार्केटमा सहभागि ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् ।


दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शमिर्ला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन् । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिगं मार्केटमा घरायसीप्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्दछ ।

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौं । सुनको भाउ आज ५ सय रुपैयाँले घटेर प्रतितोला रु ७० हजार ४ सय पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad