# भर्खरै
Namaste Icon
Ad

दशैं बिदामा पनि सिटिजन्स बैंकले सेवा दिने

दशैं बिदामा पनि सिटिजन्स बैंकले सेवा दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दशैंको बिदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले विजया दशमीको दिन ९असोज २१ गते० काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ । उल्लेखित शाखाबाट सेवाग्राहीहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद काउन्टरको सेवा लिन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ८० वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मेगाले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

सन्तोष दहाल, ललितपुर । वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघ काठमाडौँको १९ औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad