# भर्खरै
Namaste Icon
Ad

दशैंमा एनसेलको अफर

दशैंमा एनसेलको अफर

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन् । एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना आज शुक्रबारबाट १५ दिनका लागि सञ्चालनमा रहने छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधी रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसीमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधी भएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसीमा रहेको १ जिबी डेटा पाउने छन् । रिचार्जमा बोनस पाइने यो अफरले ग्राहकलाई थप फाइदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

लोकप्रिय बन्दै टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

लोकप्रिय बन्दै टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् ।

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

काठमाडौँ । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन् । स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad