Ad
Ad

सुरु हुँदै टी २० सिरिज, नेपालले पनि गर्दै प्रतिष्पर्धा

सुरु हुँदै टी २० सिरिज, नेपालले पनि गर्दै प्रतिष्पर्धा

काठमाडौं । नेपालसहित पाँच देश सहभागि टी–२० सिरिज शनिबारबाट सुरु हँदैछ। नेपालले विश्वकप छनोटको तयारीमा रहेका देशहरूसँग प्रतिष्पर्धा गर्दैछ। ओमानमा पुग्नुअघि नेपालले सिंगापुरमा त्रीकोणात्मक सिरिज खेलेको थियो। जहाँ नेपालले आयोजक सिंगापुरविरुद्ध एक खेल जितेको थियो। सिरिज भने जिम्बाब्वेले जितेको थियो। नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारीस्वरूप अभ्यास गरेको छ। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो खेल हङकङसँग १९ असोज (भोली) खेल्नेछ। यस्तै, दोस्रो खेलमा नेदरल्याण्डसँग २० असोज, तेस्रो खेलमा आयरल्याण्डसँग २२ असोज र अन्तिम खेलमा नेपालले ओमानसँग २३ असोजमा प्रतिष्पर्धा गर्नेछ। युएईमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो। सिरिजको पहिलो दिन शनिबार (आज) घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

Ad

सम्बन्धित समाचारहरु

बागमती गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता हुने

बागमती गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता हुने

ललितपुर । जिल्लाको बागमती गाउँपालिकामा ‘अध्यक्ष कप बागमती गाउँपालिका खुल्ला फुटबल प्रतियोगिता २०७६’ आयोजना हुने भएको छ । आइतबार खेलकुद पत्रकार संघको कार्यालय, काठमाडौमा पत्रकार सम्मेलन गरी बागमती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको जानकारी दिए ।

चीनमा हुने सातौँ विश्व खेलकूदमा भाग लिने सैनिक खेलाडीको बिदाइ

काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढङ्गबाट प्रतियोगितामा प्रस्तुत हुन निर्देशन दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad