# भर्खरै
Namaste Icon
Ad

१७औँ अनशन बस्ने तयारीमा डा केसी, सरकारलाई दिए यस्तो चेतावनी

१७औँ अनशन बस्ने तयारीमा डा केसी, सरकारलाई दिए यस्तो चेतावनी

काठमाडौं । स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका प्राडा। गोविन्द केसी १७औँ अनशन बस्‍ने भएका छन्। १६औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनलगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन सुरु गर्ने डा केसीले चेतावनी दिएका छन । आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले सरकारसमक्ष आफ्नो माग पूरा गर्न दुईहप्ते ‘अल्टिमेटम’ दिएका हुन्।

केसीले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले माग गरेका छन्।

त्यस्तै उनले शिक्षा तथा स्वास्थ्य उपसमितिले गरेको मेडिकल कलेजको शुल्क र सिट संख्यामा वृद्धिलगायतका निर्णय खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने, प्रदेश २ र गण्डकी तथा डोटी, डडेल्धुरा, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडी बढाउनु पर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गर्नुपर्ने तथा द्वन्द्वकालमा मानवता विरोधी कार्य गर्ने अपराधीहरू अहिले पनि सत्तामा रहेर कारबाहीबाट बच्‍न संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरूमा पार्टी कार्यकर्ता भर्ना गर्ने र ऐनलाई पीडितमैत्री बन्‍न नदिन चलखेल गरिरहेकामा तसर्थ आयोगमा पार्टी सम्बद्ध व्यक्तिहरू नभइ पीडितमैत्री विज्ञहरूलाई नियुक्ति र ती अपराधीहरूलाई अन्तराष्ट्रिय कानुनअनुसार कारबाही गरिनु पर्ने माग अघि सारेका छन्।

१हामीसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुको सट्टा बारम्बार उल्लंघन गरिएकाले निम्‍न मागहरू पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिन चाहन्छौं। सो अवधिमा मागहरू पूरा नभएमा सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी पनि गराउँछौं’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Ad

सम्बन्धित समाचारहरु

बसन्त मुरारी माविको १८औं वार्षिकोत्सव सम्पन्न, विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

गोविन्द बीसी, बौनिया । उत्कृष्ट काम गरेर विद्यालयको बिकास तथा शिक्षा सुधारमा योगदान दिएको भन्दै विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका १ बौनिया स्थित बसन्त मुरारी माविले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनीहरुलाई सम्मानित गरेको हो ।

‘शिक्षक, बिद्यार्थी र अबिभावक एक अर्काका परिपुरक'

‘शिक्षक, बिद्यार्थी र अबिभावक एक अर्काका परिपुरक'

माधव खनाल, अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा १ का अध्यक्ष भोजराज खनालले शिक्षक बिद्यार्थी र अभिभावक बिचमा समन्वय भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार आउने बताएका छन । सोमबार बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङ्ग साम्नेगाउमा बिधालयले आयोजना गरेको पुर्व आधारभुत तह कक्षा आठको अभ्यास परिक्षा कक्षा १० को एसइइ अभ्यास परिक्षा को नतिजा प्रकाशन तथा सोही बिधालयमा अध्यापनरत शिक्षक दुर्गा केसिको बिदाइ कार्यक्रमा मन्तव्य राख्दै अध्यक्ष खनालले सो कुरा बताएका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad