# भर्खरै
Namaste Icon
Ad

घरमा आगलागी हुँदा भैँसी–बाख्रासहित धनमाल जलेर नष्ट

घरमा आगलागी हुँदा भैँसी–बाख्रासहित धनमाल जलेर नष्ट

रौतहट । रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् ।

राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए ।

ईलाका प्रहरी कार्यालय राजपुर बाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया विप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।

हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामबिश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिन सकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बाजुरामा भुकम्प गयो

बाजुरामा भुकम्प गयो

मार्तडी । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

फागुन १२ गते साल्धाराको ल्होछारलाई पुर्व सांसद : तिर्थ लामाले सम्बोधन गर्ने

काभ्रे । खानीखोला गाउपालिका वडा नम्बर ६ साल्धारामा यही फागुन १२ गते तेस्रो बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । बिशेष गरी नयाँ बर्षको रुपमामा मनाउने ल्होसार को आफनै छुट्टै पहिचान र बिशेषता रहेको छ सो अवसरमा बिशिष्ट धर्म गुरु अर्थात् लामा (खेन्पो )बाट वाङ प्रदान गर्ने भएको छ बौद्ध धर्म अनुसार बिशिष्ट खेन्पो बाट वाङ लिए पछि आत्मबल बढ्ने र सोचेँ को कार्यमा सफलता हुने जनविश्वास रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad