# भर्खरै
Namaste Icon
Ad

पेन्टागुलर टी–ट्वान्टी सिरिजः नेपालको ऐतिहासिक जित

पेन्टागुलर टी–ट्वान्टी सिरिजः नेपालको ऐतिहासिक जित

काठमाडौं । ओमनमा जारी पाँच देशको सहभागिता रहेको टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । नेपालले टी–ट्वेन्टीमा नेदरल्याण्ड्समाथि पहिलो जित निकाल्ने क्रममा चार विकेटले हराएको छ । १३३ रनको सामान्य लक्ष्य पच्छाउने क्रममा नेपालकालागि करण केसी नायक बने । उनले नेपाललाई अन्तिम ओभरमा जितकालागि १७ रनको आवश्यक परेका अवस्थामा बिसौं ओभरमा नेदरल्याण्डका बलर शेन स्नेटरको पहिलो बलमा छक्का प्रहार गरे । त्यस्तै दोस्रो बल डट खेल्दा तेस्रो बलमा चौका र चौंथो बलमा पूनः छक्का प्रहार गर्दै स्कोरलाई बराबरीमा ल्याएका थिए । अन्त्यमा एक रन जोड्दै नेपालको जित सुनिस्चित गरे । यस्तै नेपालका पारस खड्काले ३३, बिनोद भण्डारीले २६ रन बनाए ।

यसअघि ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १३३ रन बनाउन सक्यो । नेदरल्याण्डका म्याक्स ओ डोडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कोलिन एकरम्यान २९,एन्टोनियस स्टालले २१ तथा स्कट एडवर्ड्सले १६ रन जोडे । नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिदा ललित राजवंशीको नाममा एक विकेर रह्यो ।

दुई खेल सकिदा नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान दुई खेलमा जित हात पारेको आयोजक ओमन नेट रनरेटको आधारमा शिर्ष स्थानमा रहेका छन् । आयरल्याण्ड एकमा जित र हार सहित तेस्रो तथा विना जितका साथ नेदरल्याण्ड र हङकंङ चौंथो र पाँचौं स्थानमा रहेका छन् । यस्तै, असोज २२ गते टेष्ट राष्ट्र आयरल्याण्डसँग र असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

तुलसीलाल स्मृति स्पाेर्टस क्लब ललितपुरकाे अध्यक्षमा राजु श्रेष्ठ

ललितपुर । तुलसीलाल स्मृति स्पाेर्टस् ललितपुर जिल्ला समितिकाे अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । तुल्सी लाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिबार भएको साधारणसभाबाट ललितपुरको नयाँ जिल्ला कार्य समिति चयन भएको हाे ।

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रकाे चिर परिचित एवम् नतिजाको आधारमा सफल खेल मध्येको एक खेल करातेकाे विवाद छतछुल्ल भई सतहमा आएकाे छ । विवाद उत्पन्न हुनुकाे मुख्य कारण नेपाल सिताे रियो कराते संघको नाममा मकवानपुरकाे हेटौंडामा हुने भनिएकाे राष्ट्रिय भेला तथा टेक्निकल सेमिनारकाे लागि तालिम तथा प्रशिक्षण विभागबाट अर्जुन बहादुर विककाे हस्ताक्षरित पत्र बनेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad