# भर्खरै
Namaste Icon
Ad

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

काभ्रे । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् । कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले बताए । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

दोलखा भीमेश्वरको शिलामा पसिना, राष्ट्रपतिले क्षमापुजा सामग्री पठाईन

चरिकोट । सुप्रशिद्व दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक आएको छ। बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए।

मीनभवन क्याम्पसको कोठाभित्रै युवती बलात्कृत

मीनभवन क्याम्पसको कोठाभित्रै युवती बलात्कृत

काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad