Namaste Icon
Ad

चिनियाँ राष्ट्रपति सी शनिबार काठमाडौं आउदैंः सुरक्षा व्यवस्था कडा

चिनियाँ राष्ट्रपति सी शनिबार काठमाडौं आउदैंः सुरक्षा व्यवस्था कडा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यहि शनिबार काठमाडौं आउने भएका छन् । ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी ले २५ र २६ गते नेपाल भ्रमण गर्न लागेका हुन ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीको भ्रमणलाई मध्यनजर गर्दै भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिने भएका छन । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।

 

 

Ad

सम्बन्धित समाचारहरु

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले फागुन ६ र ७ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेलाको भब्य आयोजना गर्ने भएको छ।यही फागुन ६ गते हुनगइरहेको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला र ७ गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहने नेकपाका नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले जानकारी दिए।

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री को जिम्मेवारी दिइने भएको छ । उनको आज अपरान्ह सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad