Ad
Ad

चिनियाँ राष्ट्रपति ‘सी’ को भ्रमण तालिका सार्वजनिक

चिनियाँ राष्ट्रपति ‘सी’ को भ्रमण तालिका सार्वजनिक

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने (१२ र १३ अक्टोबर) नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।


यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

 

Ad

सम्बन्धित समाचारहरु

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा (भिडियो )

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

सी भ्रमणको समीक्षा गर्न नेकपाको बैठक बस्ने

सी भ्रमणको समीक्षा गर्न नेकपाको बैठक बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्ने भएको छ। नेकपाले सी भ्रमणबारे समीक्षा गर्न मंगलबारका लागि सचिवालय बैठक डाकेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad