Namaste Icon
Ad

श्रीमती र छोरी मारेर बोरामा शव प्याक गरि आफु पनि झुण्डिए

श्रीमती र छोरी मारेर बोरामा शव प्याक गरि आफु पनि झुण्डिए

सुनसरी । सुनसरीको एक घरमा तीनजना मृत फेला परेका छन् । दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ४२ वर्षका श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । सुरुमा गाउँलेले राजेशलाई झुण्डिएको देखेपछि अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र शव बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटिएको एसपी पोखरेलको भनाइ छ ।

६ वर्षीया छोरी स्वस्तीकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको एसपी पोखरलेलले बताए । श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्यापेर हत्या गरिएको देखिएको एसपी पोखरेलको भनाइ छ । राति अथवा बिहान झगडा भएपछि सुरुमा श्रीमती र त्यसपछि छोरीको हत्या भएको देखिएको एसपी पोखरेलले बताए । हत्या पछि उनले शव व्यवस्थापनका लागि अधिकतम प्रयास गरेको तर सम्भव नभएपछि राजेशले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । ’

मृतक श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । केही समय अघि मात्रै दुवैबीच प्रहरीमा मिलापपत्र समेत भएको थियो । मिलापत्र भए पनि घरमा गएर फेरि उनीहरूबीच झगडा परिरहन्थ्यो ।

 

Ad

सम्बन्धित समाचारहरु

खानीखोला साल्धारामा बृहत ल्होसार तथा सांस्कृतिक कार्यक्रम हुदैं

काठमाडौं । बौद्ध धर्म संरक्षण सम्बर्द्धनका साथै सम्पूर्ण तामाङ बासीहरु तथा ल्होछार प्रेमीहरूमा एकताको सन्देश प्रवाह गर्न खानीखोला साल्धारा कोदाखोरी फागुन १२ गते पुर्व सांसद तथा सबिधान सभाको सदस्य तिर्थ लामा जाने भएको छ । श्री शक्ति शुभ मंगल गुम्बाद्रारा बृहत ल्होसार तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलकारहरूको बेजोड प्रस्तुती रहने छ ।

अमरगढी स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

राधा फुलारा, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आईतबारदेखि प्रतियोगिता सुरु भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad