Ad
Ad

जेठानीद्धारा देवरानीको हत्या

जेठानीद्धारा देवरानीको हत्या

धनुषा । जेठानीले छुरा प्रहार गरी देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही गाउँपालिका–१ झिटकैयामा २६ वर्षीया जेठानी सुनौल खातुनले २२ वर्षीया देवरानी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानीले देवरानीको शरीरमा पाँच ठाउँमा छुरा प्रहार गरेकी थिइन् । देवरानीलाई छुरा प्रहार गरी घाइते बनाएपछि जेठानीले आफ्नै पेटमासमेत छुरा हानेकी छिन् ।

छुरा प्रहार गरि घाइते भएकी देवरानीको उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । आफ्नै पेटमा पनि छुरा हानी घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Ad

सम्बन्धित समाचारहरु

ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

कैलाली । लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad