# भर्खरै
Namaste Icon
Ad

दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

दशैं टिकाकै दिन चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ । दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । घटनापछि चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । –कान्तिपुर दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

बाजुरामा भुकम्प गयो

बाजुरामा भुकम्प गयो

मार्तडी । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

फागुन १२ गते साल्धाराको ल्होछारलाई पुर्व सांसद : तिर्थ लामाले सम्बोधन गर्ने

काभ्रे । खानीखोला गाउपालिका वडा नम्बर ६ साल्धारामा यही फागुन १२ गते तेस्रो बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । बिशेष गरी नयाँ बर्षको रुपमामा मनाउने ल्होसार को आफनै छुट्टै पहिचान र बिशेषता रहेको छ सो अवसरमा बिशिष्ट धर्म गुरु अर्थात् लामा (खेन्पो )बाट वाङ प्रदान गर्ने भएको छ बौद्ध धर्म अनुसार बिशिष्ट खेन्पो बाट वाङ लिए पछि आत्मबल बढ्ने र सोचेँ को कार्यमा सफलता हुने जनविश्वास रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad