Ad
Ad

अनुदानमा तोरीको बीउ वितरण

अनुदानमा तोरीको बीउ वितरण

रासस, दाङ । जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिए । साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको प्रमुख केसीले जानकारी दिए ।

पाँच हजार ३११ केजी तोरी सहकारीबाट गरी विभिन्न २० सहकारी र कृषि समूहका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका–१, २ र शान्तिनगर, बबई, दङ्गीशरण गाउँपालिकामा ६६४ बिगाह जमीनमा तोरी खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराएको तोरी जोन सञ्चालक समितिका अध्यक्ष भीमबहादुर वलीले जानकारी दिए ।

त्यस्तै सिँचाइका लागि १० कुलो निर्माण, सात पम्पसेट वितरण र ५० भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ । ‘जोरी जोनअन्तर्गत तोरी उत्पादन बढाउने उन्नत बीउ अनुदानमा वितरणदेखि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ, यसले गर्दा जिल्लामा तोरी उत्पादन बढ्ने र कृषकहरुलाई तोरी खेतीमा आकर्षण थप्नेछ’, प्रमुख केसीले भने । त्यस्तै यस वर्ष दुई बिगाहा जमीनका तोरी प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ । तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ ।

Ad

सम्बन्धित समाचारहरु

भक्तपुरमा भेटियो कुहिएको मासु, अनुगमन टोलिद्धारा नष्ट

भक्तपुरमा भेटियो कुहिएको मासु, अनुगमन टोलिद्धारा नष्ट

रासस,  भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपुर्याई सञ्चालन गरेको पाइएको छ ।

सफल ब्यबसायी, कुखुरा पालेरै जोडे १५ बिघा जमीन

सफल ब्यबसायी, कुखुरा पालेरै जोडे १५ बिघा जमीन

चितवन । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गरेका चूडामणि भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न शुरु गरेका थिए । भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिएका भुसालले जोगी र साहँु हुँदै यहाँसम्म आइपुगेको बताए । बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता संकट उनको ब्यबसायले पार ग¥यो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad