Ad
Ad

पेन्टाङ्गुलर सिरिज - आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

पेन्टाङ्गुलर सिरिज - आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

काठमाडौं । ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्था थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपाली समर्थकहरुले जितको आशा गर्न थालेका थिए । तर, लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । तर, अर्को इन्डबाट इशान पाण्डेले रन गति बढाउन नसक्दा पारसमाथि दवाव थपियो । उनलाई मार्क अडायरले क्याचआउट गराए ।

आजको खेलमा कमब्याक गरेका अर्का ओपनर इशान पाण्डेले भने रन बनाउन निकै संघर्ष गरे । ३० बलमा २२ रन बनाएर आउट भएका उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो । सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बनेको नेपाल फेरि बौरिन सकेन ।

आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए ।

नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपालको आशा सकियो ।

Ad

सम्बन्धित समाचारहरु

बागमती गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता हुने

बागमती गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता हुने

ललितपुर । जिल्लाको बागमती गाउँपालिकामा ‘अध्यक्ष कप बागमती गाउँपालिका खुल्ला फुटबल प्रतियोगिता २०७६’ आयोजना हुने भएको छ । आइतबार खेलकुद पत्रकार संघको कार्यालय, काठमाडौमा पत्रकार सम्मेलन गरी बागमती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको जानकारी दिए ।

चीनमा हुने सातौँ विश्व खेलकूदमा भाग लिने सैनिक खेलाडीको बिदाइ

काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढङ्गबाट प्रतियोगितामा प्रस्तुत हुन निर्देशन दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad