Namaste Icon
Ad
Ad

पाल्पामा भूपू विद्यार्थीद्धारा अक्षयकोषको स्थापना

पाल्पामा भूपू विद्यार्थीद्धारा अक्षयकोषको स्थापना

काठमाडौं । पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ । दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गरेका हुन् ।

उले दरैठाँटी माविमा ५१ हजार ६०६ र रामतुलसी माविमा ५१ हजार ४७० बराबरको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगस्वरुप कँडेलले बुबा तारानाथ कँडेल र आमा तिलमाया कँडेलका नाममा दुवै विद्यालयमा सो छात्रवृत्ति कोष स्थापना गरिएको हो ।

‘गरीब तथा जेहेन्दार विद्यार्थीमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ’, उनले भने ।

नेपाल फर्मासिटीकल्स ल्याब प्रालिका सेल्स म्यानेजर कँडेलले अक्षयकोषमार्फत वार्षिक रुपमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । –लोकपथबाट

Ad

सम्बन्धित समाचारहरु

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

ललितपुर। एक हप्ताअघि भारतको बिहारबाट आएका गोदावरी नगरपालिका ५ लेलेका ३ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन्।

बारामा थप १ जनामा कोरोना संक्रमण

बारामा थप १ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । बारामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको देवताल गाउँपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा देवताल गाउँपालिका वडा नम्बर २ का १८ बर्षिय पुरुष रहेका छन । संक्रमित गत जेठ १६ गते भारतको दिल्लीबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो । यो संगै बारामा कोरना संक्रमितको संख्या ६३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad