Namaste Icon
Ad
Ad

विवाह गर्न असहमति जनउनुपर्ने ५ कारणहरु

विवाह गर्न असहमति जनउनुपर्ने ५ कारणहरु

काठमाडौंं । यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला–

परिवारको दबाव 

प्रायस् अधिकांश परिवारका सदस्यहरुले तपाईंलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । तरु त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भैरहेको हुन्छ ।

बढ्दो उमेरको चिन्ता

प्रायस् परिवारका सदस्यहरुले तपाईंलाई ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । ‘२५ वर्षकी भैसक्यौ, यो उमेरपछि तिमीसँग कसले विवाह गर्छ रु जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ ।

छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन, त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ ।

आफन्तको दबाव

कहिलेकाहीँ आमा–बुवाले कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

ब्रेकअपलाई बिर्सन

कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दुस्खी हुन थाल्छन् । त्यस्तो बेला उनीहरुसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।

सम्पत्ति

कतिपय व्यक्तिहरु आर्थिक सम्पन्नता र रहनसहन देखेर विवाहका लागि तयार हुन्छन् । तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । विवाहपछि जब व्यवहार चाहेको जस्तो जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।

Ad

सम्बन्धित समाचारहरु

यथास्थितिमा नेपालमा अनलाईनबाट पढाउँछु भनेर नाटक मञ्चन नगरौँः जे.एस. पौडेल (भिडियो सहित)

विश्वको सबैभन्दा महत्वपूर्ण मानिने भनेको शैक्षिक क्षेत्र हो । जबसम्म कुनै पनि देशमा गुणस्तरीय शिक्षा हुँदैन, तवसम्म त्यस देशको विकास हुन सक्दैन । तर पनि विश्व मानवसमुदाय यतिखेर एक अदृश्य महामारी (कोभिड नाईन्टिन) का कारण समस्यमा परेको छ । नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गएको छ । यसले अन्य क्षेत्रससँगै शैक्षिक क्षेत्रलाई पनि नराम्ररी असर पारिरहेको छ । एसईई, प्लस टुू, तथा विश्वविद्यालय तहका परीक्षाहरु स्थगित भएका छन् । यसरी परीक्षाको मुखैमा लकडाउन अर्थात बन्दनबन्दी हुँदा विद्यार्थीहरुलाई पर्ने असर सम्बन्धित शैक्षिक संस्थाहरुले खेल्न सक्ने भुमिका, नेपालमा अनलाईन शैक्षिक प्रणलीको प्रभावकारीता लगायत समग्रमा शैक्षिक क्षेत्रका विषयमा रहेर सार्वजानिक शैक्षिक विद्यालय गुठीसंघ नेपाल (पेटशान)का महासचिव तथा ध्रुवतारा बोर्डिङ स्कूल बुढानिलकण्ठ नगरपालिका काठमडौँका प्रिन्सिपल जे.एस. पौडलसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कराकानीको सम्पादित अंशः

कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

काठमाडौँ । केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरिरहेको बताए । उनले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad