‘पानी र दालमोठको भरमा दिनभर कोरस नृत्य गरिन्थ्यो’

‘पानी र दालमोठको भरमा दिनभर कोरस नृत्य गरिन्थ्यो’

काठमाडौं । काभ्रे जिल्ला नवबुद्ध नगरपालिका (साविकको मेथिन्कोट गाविस) मा जन्मिएका एस के (सुरेन्द्र कुमार) दाहाल हाल नेपाली लोक सांगितिक क्षेत्रमा चर्चित मोडल हुन । २०६२ सालको एसएलसी पछि काठमाडौंमा आएका दाहालले आधुनिक गीत, नेपाली फिल्म र लोकगीतमा गरी करिब ४ सयको हाराहारीमा नृत्य प्रस्तुत गरिसकेका छन ।

कोरस नृत्यबाट आफ्नो अभिनय सुरु गरेका उनले हालसम्म ३ सयभन्दा बढिमा मोडलको भुमिका निवार्ह गरेका छन । दाहालले पहिलो मुख्य ‘भुमिका पूर्णिमाको जुनमा पनि दाग छ’ लोक गीतको म्युजिक भिडियोबाट सुर गरेका थिए । उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै, जिरे खुर्सानी लगायत आधा दर्जन भन्दा बढि टेलिसिरियलहरुमा पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।

दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट पनि छन । उनि भन्छन् ‘ यहि क्षेत्रमा रुचि राख्ने नयाँ र पैसा नभएका व्यक्तिहरुलाई ठाउँ पाउन गाह्रो छ । यो हाम्रा लागि चुनौतिको विषय हो । नेपाल चलचित्र संघ जस्तै यस क्षेत्रमा पनि नियमन गर्ने निकायको आवश्यक छ ।’ केहि संघसंस्थाहरु भए पनि खासै उल्लेखनिय काम नभएको दाहालको भनाई छ ।

एक त नियमन गर्ने निकाय नहुदाँ र भएका संघसंस्थाहरुले पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा यस क्षेत्रमा जस्तासुकै व्यक्तिको प्रवेश भएको दाहालको दाबी छ । यसले गर्दा यसै क्षेत्रमा रुचि राख्ने, क्षेमता भएका, यसमै केहि गर्छु भन्ने तर पैसा नभएका व्यक्तिका लागि अवसर कम भएको उनी बताउछन ।

नेपाली मोडलिङ क्षेत्रमा चासो राख्ने जो कोहिलाई पनि नृत्य सिकेर मात्र यो क्षेत्रमा प्रवेश गर्न आग्रह दाहालको छ । यसरी सिकेर वा केहि ज्ञान बटुलेर आँउदा आईपर्ने समस्या तथा चुनौतिलाई समाधान गर्न सकिने पनि उनको भनाई छ ।

नेपाली मोडलिङ क्षेत्रमा काम गर्दा निकै संघर्ष गरेका उनले चैत बैशाखको टन्टलापुर घाममा कोरस नृत्य गर्दाको अविष्मरणीय क्षण पनि सम्झिछन । दाहाल भन्छन ‘नगरकोटको डाडाँमा पानी र दालमोड खाएर पनि कोरस नृत्य गरेको छु ।’

दाहालले हालसम्म आधा दर्जन भन्दा बढि अवार्डबाट पनि सम्मान पाईसकेका छन् । हाल उनले आफ्नो रेष्टुरेन्ट व्यवसायमार्फत केहि व्यक्तिलाई रोजागारी समेत दिईरहेका छन ।

दर्पण दैनिकका केशर विश्वकर्मासँगको कुराकानीमा आधारित

Ad

सम्बन्धित समाचारहरु

"हजुरबाले हिर्काएको तमाखुको नलीले कृष्णभक्त भनेर चिनायो !"

सन्तोष दहाल, ललितपुर । सानैदेखि नाच्न भनेपछि त हुरुक्कै हुने, तर अरुको अगाडि देखाएर होइन, एक्लै अनि लुकीलुकी ! अरुले देखे भने त लाजले भुतुक्कै भईन्थ्यो । त्यही रहरै रहरमा गरेको जानी नजानीको नृत्यबाट सुरु गरेको यात्रा आज कर अनि बाध्यता सम्म आईपुगेको छ, अनि सबैले उनलाई कलाकार, अभिनेता, रङ्गकर्मी आदि उपनामले सर्वत्र चिन्छन ।

बालीमा बन्धक युवतीको कथा, उनी कसरी नेपाल फर्किइन ?

बालीमा बन्धक युवतीको कथा,  उनी कसरी नेपाल फर्किइन ?

बिबिसी । अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिनासम्म इन्डोनेसियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाएर पनि उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् । यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन त ? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले आफ्नो कथा–व्यथा यसरी सुनाएकी छन् । म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर, मलाई अहिले पनि इन्डोनेसियामा बन्धक नै छु जस्तो लागिरहेको छ । मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ । म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु ।

Ad

प्रतिक्रिया दिनुहोस