Ad

नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित

नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित

सन्तोष दाहाल, ललितपुर । देशैभर रहेका पब्लिक क्याम्पसहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । शनिबार किर्तीपुरमा संघको ११ औं अधिवेशनमा भएको निर्वाचनमा प्रतिद्वन्दी शत्रुधन गुप्तालाई १२७ मतले पछि पार्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

संजेलले ४१० मत ल्याउँदा गुप्ताले २८३ मत प्राप्त गरेका छन् । यसैगरी अन्य पदाधिकारीहरु पनि सबै सञ्जेलकै प्यानलबाट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित भएका अन्य पदाधिकारीहरुमा डा अम्बुभवानी कार्की,प्रदीप कटुवाल र रामभक्त सिग्देल उपाध्यक्ष, मुक्तिराम पाण्डे महासचिव , गोविन्द कार्की र नारायण प्रसाद पौडेल उपमहासचिव , तथा सुरेन्द्र कार्की कोषाध्यक्ष रहेका छन् । यसका साथै केही कार्यसमिति सदस्यहरु पहिले नै सर्वसम्मत चयन भएका छन् जसमा गुप्ता प्यानलका केही व्यक्तिहरु समेत् समावेश छन् ।

प्रगतिशील समूहबाट संघमा उम्मेदवारी दर्ता गराएका शिवराज सञ्जेल जनभावना क्याम्पस चापागाउँका क्याम्पस प्रमुख हुन् । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को पूर्वमूल्यांकन टोलीले दक्षिण ललितपुरको अग्रणी रहेको यस सामुदायिक क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्राप्तिका लागि समेत सिफारिस गरिसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

विद्यार्थीलाई क्लाउड कम्प्युटिङ प्रशिक्षण

विद्यार्थीलाई क्लाउड कम्प्युटिङ प्रशिक्षण

काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकास सम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि रणनीतिक साझेदारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।  जेनेस सोलुसनको शैक्षिक हाँगा जेनेस क्लाउड एकेडेमी (जीसीए)का शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदास र नेसनल कलेजका शैक्षिक निर्देशक नवराज हेका, नेसनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी)का प्रिन्सिपल निरञ्जन खकुरेल, भिरिञ्ची कलेजका निर्देशक प्रदीप पन्त तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले काठमाडौंमा आयोजित एक समारोहमा यससम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरे । जेनेसले हालैमात्र नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम आरम्भ गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिकामा बढे मधुमेहका बिरामी

डडेल्धुराको अमरगढी नगरपालिकामा बढे मधुमेहका बिरामी

डडेल्धुरा । पछिल्लो समय डडेल्धुराको अमरगढी नगरपालिकामा मधुमेहका बिरामी बढ्दै गइरहेका छन । बढ्दो शहरीकरण संगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले मधुमेहका बिरामी बढ्दै गइरहेका अमरगढी नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कले देखाएको छ । शारीरिक श्रम कम गर्ने वा गर्दै नगर्ने बानीको कारणले पनी मधुमेह बढ्दै गइरहेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लोकराज पनेरुले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad