Ad

भारतीय राजदुताबासको सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

भारतीय राजदुताबासको सहयोगमा बनेको  विद्यालय भवन उद्घाटन

विरादत्त भट्ट, दार्चुला । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब र भारतीय राजदुत रञ्जीब पुरीले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरेका छन् । भारतीय राजदुताबासको आर्थिक सहयोगमा बनेको भवनको दुबै जनाले संयुक्त रुपमा रातो रिबन काटेर उद्घाटन गरेका हुन् ।

भारतीय राजदुताबासको ३ करोड ३७ लाख सहयोगमा बनेको महेन्द्र नमुना माविको भवन २०७२ साल बैसाख ३ गते सिलान्यास गरिएको थियो भने २०७४ पुसमा निर्माण कार्य सम्पन्न भएको थियो । कक्षा १ देखि १२ सम्म सञ्चालमा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयमा २ हजार १ सय १४ जना विद्यार्थिहरु अध्ययनत रहेको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिए ।

नेपाल भारत जोड्ने मोटरेबल पुल बन्ने स्थान महाकाली नगरापलिकाको वडा ८ सुरकाडा को स्थलगत अवलोकन गर्न तथा भारतीय राजदुताबासको सहयोगमा बनेको महाकाली नगरपालिका वडा ४ मा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयको भवनको उद्घाटन गर्नका लागी उप–प्रधान मन्त्री यादब र भारतीय राजदुत दार्चुला आइपुग्नु भएको थियो । दार्चुला सदरमुकामा बाट ८ किलोमिटर टाढा मोटरेबल पुल बन्ने सम्भावित स्थान बाट खलंगा आउनलाई भने हेलिकप्टर प्रयोग गरिएको थियो ।

शुक्रबार करिब दिउसो २ बजे दार्चुला आइपुग्नु भएका नेपाल सरकारका उप–प्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब र भारतीय राजदुत रञ्जीब पुरी नेपाल भारत जोड्ने मोटरेबल पुल बन्ने स्थानको अवलोकन र विद्यालय भवनको उद्घाटन गरि आजै दार्चुलाबाट फर्कीएका छन ।

Ad

सम्बन्धित समाचारहरु

सुदूरपश्चिमको पर्यटन दूत बने नेपाल आइडल रवि ओड

सुदूरपश्चिमको पर्यटन दूत बने नेपाल आइडल रवि ओड

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो।

सोल्टा कुमाला जलीय जैविक विविधता संरक्षण समूहको अध्यक्षमा कर्ण राजी

गोविन्द बीसी, कैलाली । समुदाय स्तरीय जलचर तथा जलीय जैविक विविधता संरक्षण समूह गठन गरिएको छ । कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ सोल्टामा शनिबार सो समूह गठन गरिएको हो । मोहन्याल गाउँपालिकाको आयोजना, वातावरण समन्वय समिति कैलालीको आर्थिक तथा प्राविधिक सहयोग र युएसआइडीको साझेदारीमा संचालित पानी परियोजना अन्तर्गत समूह गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad