Namaste Icon
Ad
Ad

दाङमा सांसद शान्ता चौधरीको गाडी दुर्घटना

दाङमा सांसद शान्ता चौधरीको गाडी दुर्घटना

बासुदेब गिरी, दाङ । नेकपाकी सचेतक तथा सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना भएको छ । घोराही बाट लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त स्कारपियो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्कने क्रममा दुर्घटना भएको हो ।

चालकका अनुसार सडकमा एक्कासी जंगली जनावर जरायो सडकमा आउदा त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए । गाडी चालक रतन चौधरी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

दशकपछि श्रीमतीलाई प्रेम पत्र

दशकपछि श्रीमतीलाई प्रेम पत्र

प्रिय जीवन साथी,                              मैले तिमीलाई आज वैवाहिक जिवनको एक दशकपछि पहिलो पटक प्रेम पत्र लेख्ने दुस्प्रयास गरेकोछु । आशा छ, यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं । हिमाल जस्ता सेतासेता कापीका पानाहरुमा कश्मीर रूपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांसमा शब्दका पुष्पगुच्छा रुपि माला गाँस्ने प्रयासरत छु । मेरो जिवनका हरेक सपना, चाहाना, खुशी सबै– सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रागरी आत्मीयता र सामिप्यता गाँस्दै गाँस्दै हाँसो आँसु उकाली ओराली जीवन संर्घषको उत्कर्षमा छु म, तिमी पनि छौं, वा हामी छौं । लामो स्वास फेर्न मन लाग्यो उफ ! अरु अरुले कुरागरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे ! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि, मैले त्यो सधै महशुस गर्छु ।

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad