Ad

चापागाउँ-ढोलाहिटी सडक तत्काल कालोपत्रे गर्ने निर्णय

चापागाउँ-ढोलाहिटी सडक तत्काल कालोपत्रे गर्ने निर्णय

ललितपुर । लामो समयदेखी छारो ,धुलोधुवाँ र प्रदुषणको समस्याबाट पिल्सिएको ढोलाहिटी चापागाउँ सडकखण्ड तुरुन्त्तै कालोपत्रे सम्पन्न गर्ने निर्णय भएको छ । मङ्गलबार ललितपूरका सांसदहरु पम्फा भूषाल,नवराज सिलवाल ,चेतनाथ सञ्जेल राजकाजी महर्जन लगायतको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ संग मन्त्रालयमै भेट गरि कालोपत्रेलाई पूर्णता दिने निर्णय भएको प्रदेश सांसद चेतनाथ सञ्जेलले दर्पण दैनिकलाई जानकारी गराए ।

मापदण्डअनुसार २२ मिटर सडक चौडा गरि कालोपत्रे गर्नुपर्ने भए तापनी मुआब्जा समस्याका कारण तत्कालको समस्या समाधानका लागि उपलब्ध भएअनुसारको सडक पिच गर्ने निर्णय भएको हो । विगतमा पनि पटकपटक स्थानीयले दवाब दिने, सडक बन्द गराउने गर्दा पटकपटक कालोपत्रे तत्काल गर्ने सहमती भईरहे पनि सहमतिमै सीमित भएको थियो। सहमती कार्यान्वयन हुन नसक्दा केही दिनअघि मात्र चापागाउँमा नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जन लगायतको भेलाले रामभक्त महर्जनको संयोजकत्त्वमा संघर्ष समिति गठन गरेको थियो ।

अब भने सहमति सहमतिमा मात्र सीमित नहुने प्रदेश सांसद चेतनाथ सञ्जेल ले दावी गरेका छन् । साथै तत्काल बाटो विस्तार गरी मापदण्ड अनुसार कालोपत्रे हुन नसके पनि विस्तार गर्ने योजना बाट कोही पनि पछि नहटेको सञ्जेलले बताएका छन् । सडक कालोपत्रे भएसँगै विस्तारको काम पनि अघि बढ्ने उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु

हिन्दु अधिराज्य पूर्नस्थपना गर्न ७२ घण्टे सत्याग्रह

काठमाडौं । स्वतन्त्र नागरिक समाजले ७२ घण्टे सत्याग्रह कार्यक्रम सुरु गरेको छ । सो सत्याग्रह कार्यक्रम काठमाडौंको शान्तिबाटिकामा भएको हो । विभिन्न प्रकारका खबरदारी गर्दा पनि वर्तमान सरकार सुध्रिने लक्षण नदेखिएको र जनताको आवाजलाई व्यवास्ता गरेकोले सत्याग्रह गर्नु परेको स्वतन्त्र नागरिक समाजले दर्पण दैनिकलाई जनकारी गराएको छ ।

भोजमा दलितमाथि छुवाछुत र दुर्व्यवहार प्रकरण: प्रहरीले थाल्यो अनुसन्धान

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित कविलासी गाउँमा छिमेकीको मृत्युभोज खान गएका दलितमाथि भएको विभेद र अपमानको घटनामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पीडितमध्ये दुईजनाले दिएको किटानी जाहेरी दर्ता गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया शुरु गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad