Ad

उदितसँग बिहे गर्ने तयारीमा आँचल शर्मा !

उदितसँग बिहे गर्ने तयारीमा आँचल शर्मा !

काठमाडौँ । आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

यसै क्रममा नायिका आँचल शर्माले प्रेमी उदित श्रेष्ठसँग यही वर्षमा बिहे गर्ने तयारी गरेको बताएकी छिन् । पछिल्लो समय निकै व्यस्त रहेकी आँचलले यसै वर्ष विवाह गर्ने तयारी भइरेको एक अन्तवार्तामा बताएकी हुन् ।

नायक तथा मोडल पल शाहसँग आँचलको प्रेम चर्चा थियो । तर दुबैले आफूहरु साथी मात्रै भएको बताउँदै आएका थिए । आँचलले पलसँग स्क्रिन सेयर गर्दै ‘नाईं नभन्नु ल ४’ मार्फत रजतपटमा डेव्यु गरेकी थिइन् । यो जोडीलाई दर्शकलले निकै रुचाएका थिए । जस कारण दर्शकलले यो जोडीलाई आँप जोडीको उपमा दिएका थिए ।

अन्तवार्तामा आँचलले आफूले विवाह गर्न लागेको जानकारी दिदै पलसँग सम्बन्ध नचिसिएको पनि बताएकी छिन् । उनले पललाई आफ्नो विवाहमा बोलाउने पनि बताएकी छिन् ।

 

Ad

सम्बन्धित समाचारहरु

उषा मगरको स्वरमा मार्मीक गीत ‘ढुङ्गाको मन’ (भिडियो सहित)

काठमाडौं । गीत संगीत बजारमा नयाँ नयाँ गीत आउने क्रममा उषा मगरको स्वरमा रहेको गीत “ढुङ्गाको मन” भिडियो सार्बजनिक गरिएको हो । “कलाकार नेपाल” युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा उषा मगरको सुमधुर आवाज रहेको छ। गीतमा रेशम ओलीको शब्द अनि भिमसेन बिएमको संगीत रहेको छ।

मिलन नेवारले ल्याईन ‘सिन्दूर’ (भिडियो सहित)

मिलन नेवारले ल्याईन ‘सिन्दूर’ (भिडियो सहित)

काठमाडौं । गायिका मिलन नेवारको आवाज रहेको ‘सिन्दूर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्चारकर्मी मधु शाहीको शब्द एवं ज्योति प्रकाशको संगीत रहेको छ । गायिका मिलनको आवाजसँगै भिडियोमा अभिनयसमेत रहेको छ । भिडियोलाई सांगीतिक ब्यान्डसहित प्रस्तुत गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad