Ad

बर्दगोरियामा एमआइएस अपरेटर छनोटको नतिजामा गम्भीर त्रुटि

बर्दगोरियामा एमआइएस अपरेटर छनोटको नतिजामा गम्भीर त्रुटि

कैलाली । बर्दगोरिया गाउँपालिकाले प्रकाशन गरेको एमआईएस अपरेटर पदको छनोट नतिजा त्रुटिपूर्ण भेटिएको छ । गाउँपालिकाले कार्तिक १८ मा प्रकाशन गरेको नतिजामा सहभागी उम्मेदवारको नाम नै गलत भएको छ ।

बिभागको सर्ट लिष्ट अनुसार छनोटमा परेका रोल नम्बर ९६७ का भिमबहादुर पुनमगरको नाम खिमबहादुर पुन भएको हो । बैकल्पिक उम्मेदवारको योग्यता सूचीमा परेका उम्मेदवारको नाम नै गलत देखिएपछि छनोट परीक्षा माथि आशंका उब्जिएको हो ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत एमआईएस अपरेटरको बिभागको सर्टलिस्टमा योग्यताक्रम अगाडी परेका सहभागी नतिजामा प्रकाशनका क्रममा बैकल्पिक सूचीमा आएपछि असन्तुष्ट छन् ।

प्रशासकीय अधिकृत संयोजक रहेको पदपूर्ती समितिले जनशक्ति छनोट मापदण्ड २०७६ अनुसार बिभागको संक्षिप्त्त सूचीको प्राप्तांक, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको औषत प्राप्तांकको कुल नतिजा बमोजिम योग्यताक्रम निर्धारण गरेको जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एमआईएस अपरेटर र फिल्ड सहायकको सर्टलिस्ट असोज १४ मा सार्वजनिक गरेको थियो । संक्षिप्त सूची एमआईएस अपरेटर ४ जना र फिल्ड सहायक ३ जनाको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता परीक्षा लिइएको थियो । बिभागले व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत गएको भाद्र १७ मा देशैभरका स्थानीय तहमा जनशक्ति माग गरेको थियो ।

हेर्नुहोस् बिभागको सर्ट लिष्ट र नतिजा

 

 

 

Ad

सम्बन्धित समाचारहरु

सुदूरपश्चिमको पर्यटन दूत बने नेपाल आइडल रवि ओड

सुदूरपश्चिमको पर्यटन दूत बने नेपाल आइडल रवि ओड

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो।

सोल्टा कुमाला जलीय जैविक विविधता संरक्षण समूहको अध्यक्षमा कर्ण राजी

गोविन्द बीसी, कैलाली । समुदाय स्तरीय जलचर तथा जलीय जैविक विविधता संरक्षण समूह गठन गरिएको छ । कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ सोल्टामा शनिबार सो समूह गठन गरिएको हो । मोहन्याल गाउँपालिकाको आयोजना, वातावरण समन्वय समिति कैलालीको आर्थिक तथा प्राविधिक सहयोग र युएसआइडीको साझेदारीमा संचालित पानी परियोजना अन्तर्गत समूह गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad