Ad

‘कृषिमा युवा कार्यक्रम’ लागू हुँदै, अनुदान लिन के गर्ने ?

‘कृषिमा युवा कार्यक्रम’ लागू हुँदै, अनुदान लिन के गर्ने ?

काठमाडौं । सरकारले चालू आर्थिक बर्ष २०७६÷०७७ देखि नै लागू हुने गरी २८ जिल्लामा ‘कृषिमा युवा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषिमा युवा कार्यक्रम सञ्चालन प्रक्रिया २०७६’ स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो । कार्यक्रम अन्र्तगत कृषि उद्यम तथा कृषि कर्म गर्न चाहने युवाहरुले कुल लागतको ५० प्रतिशत रकम सरकारले दिनेछ । कृषि तथा पशुपालनका क्षेत्रमा उद्यम गर्ने युवाहरुलाई सरकारले अनुदान दिनेछ । १८ बर्षदेखि ४५ बर्ष उमेर समुहका युवाले यो कार्यक्रम सहभागी हुन सक्नेछन् ।

आफ्नै स्वामित्वको जग्गा वा कम्तीमा ५ बर्षका लागि लिज सम्झौता भएर उद्यम गर्ने युवाले सरकारी अनुदान पाउने छन् । ‘कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि’ का आधारमा युवा कृषकलाइ अधिकतम २० लाख रुपैयाँसम्म अनुदान दिइने कृषि विकास मन्त्रालयका सचिव डा युवकध्वज जीसीले बताए ।

मन्त्रालयले अनुदान कार्यविधि स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । पहिलो चरणमा विभिन्न २८ जिल्लाबाट सुरु हुनेछ । खासगरी सुनसरी, झापा, भोजपुर, ताप्लेजुङ, रौतहट, सर्लाही, बारा, धादिङ, सिन्धुपाल्चोक, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, पर्वत, गोरखा, नवलपरासी सुस्तासम्म, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युटान, कपिलवस्तु, रुकुम सल्यान,रुकुम पूर्व, रुकुम पश्चिम, कन्चनपुर, कैलाली जिल्लामा कार्यक्रम सञ्चालन हुनेछ ।

कृषि विभाग र पशुसेवा विभाग अन्र्तगत कार्यान्वयन हुनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगतका सम्वन्धित जिल्लामा परियोजना कार्यान्वयन इकाइ तथा कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम सञ्चालन हुने जनाइएको छ । कार्यक्रम अन्र्तगत खासगरी पूँजीगत खर्च मेशिनरी, औजार, बीउ, उन्नत नश्लका राँगा, साँढे, बोकामा अनुदान दिइने छ । तर, ढुवानीका साधनहरुका खरिदका लागि अनुदान नदिइने मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

हुमाकान्त पोखरेल, रासस - गुल्मी । रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उनी आफैँ जोहो गर्छिन । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उनले घर खर्च चलाउने रकम प्राप्त गर्छिन । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उनको दैनिक काम हो । सोही काम गरेबापत उनले आफ्नो दैनिकि चलाउदैँ आएकी छन ।

प्याजको मूल्य आकाशियो, प्रतिकिलो २०० रुपैयाँ

प्याजको मूल्य आकाशियो, प्रतिकिलो २०० रुपैयाँ

डडेल्धुरा । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै बढेको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad