Namaste Icon
Ad
Ad

ललितपुर बचत संघको रजत वर्ष समापन तथा २५ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर बचत संघको रजत वर्ष समापन तथा २५ औं वार्षिक साधारण सभा सम्पन्न

सन्तोष दहाल ,ललितपुर । जिल्लाभरीका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्नो स्थापनाको २५ वर्ष पुग्दा मनाएको रजत वर्षको समापन र २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार ललितपुरको पाटनमा पूर्वमन्त्री एबम ललितपुर क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य पम्फा भूषालको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा संघले प्रकाशित गरेको स्मारिका तथा नयाँ आधिकारिक वेबसाईट समेत सार्वजनिक गरिएको थियो ।

साधारण सभाको खुल्ला सत्रमा सन्चालक समितिको तर्फबाट संघको आर्थिक वर्ष २०७५। ०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष रामहरि बजगाईंले संघले स्थापनाकालदेखि नै संघमा आबद्ध सहकारी संस्थाहरुको विकास , प्रवर्धन र संवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो परिभाषित कार्यमा क्रियाशील रहीआएको बताए । संस्थाहरुको प्रवर्धन तथा सहकारीमैत्री नीति निर्माणका सवालमा पैरवी र पहलकदमी गर्दै सहकारी अभियानमा एउटा अब्बल संघ ललितपुर जिल्ला साकोस संघ रहेको भन्दै उनले भने,नेपालको सहकारी अभियानले ६ दशक पार गरिसकेको अवस्थामा सहकारी पद्धतिद्वारा लक्षित वर्गसम्म सेवा पुर्याउनुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । जिल्लाभित्र रहेका सदस्य संस्थाहरु त्यसभित्र भएका करिब २ लाख सदस्यहरुको विकास , प्रवर्धन र संवर्धनका लागि संघले आवश्यक शिक्षा ,सूचना , तालिम , अध्यायन अवलोकन भ्रमण र अन्तरक्रिया ,गोष्ठी समिट, सेमिनार आदिमार्फत सदस्यहरुलाई व्यवस्थित तथा मर्यादित गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

यस्तै संघका उपाध्यक्ष करुणारत्न बज्राचार्यले सरकारले लक्ष्य लिएको सुखी नेपाली , समृद्ध नेपालको सपना साकार पार्नको लागि सहकारी क्षेत्रहरुको विकास हुन जरुरी रहेको भन्दै यसका लागि सहकारीमैत्री कानुन निर्माण जरुरी रहेको विचार व्यक्त गरे । यसैगरी शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका लेखा तथा सुपरीवेशन समिति संयोजक एबम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धर्मदत्त देवकोटाले ललितपुर बचत संघको विगतलाई हेर्दा सहकारी क्षेत्रमा नमुनायोग्य काम गरेको भन्दै प्रशंशा गरे । संस्था तथा संघलाई सफल बनाउनका लागि अध्यक्षको मात्र भूमिकाले नपुग्ने भन्दै देवकोटाले सन्चालक , समिति , कर्मचारी तथा सबै समिति , उपसमितिहरुको महत्त्वपूर्ण योगदान हुनुपर्ने औंल्याए । यस्तै सहकारी क्षेत्र विशुद्ध रुपमा गैर राजनीतिक र व्यवसायिक एकताको क्षेत्र रहेको बताए ।

जिल्ला बहुउद्देशीय सहकारी संघका अध्यक्ष शरद कुमार महर्जनले ललितपुर जिल्लालाई सहकारी क्षेत्रमा उर्वर भूमि बनाउन ललितपुर बचत संघले अग्रणी भूमिका निर्वाह गरेको विचार व्यक्त गरे । यस्तै उनले संघीयतापश्चात स्थानीय तहमा सहकारीलाई लाग्दा विविध जटिलताहरु उत्पन्न भएको भन्दै जिल्ला डिभिजन सहकारी कार्यालयलाई अनि पुनर्गठन गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरे । संघकी संस्थापक अध्यक्ष रोहिणी जोशीले २०४८ पछि नेपालमा सहकारी क्षेत्र प्रजातान्त्रिक ढंगले अगाडी बढ्दै जाँदा समयअनुसार यसको कार्यक्षेत्र पनि विस्तार हुँदै गएको धारणा व्यक्त गरिन । सुरुका सहकारी संस्थाहरुले वित्तीय आर्थिक कारोबार मात्रै गर्ने तर अहिले यसको क्षेत्र शिक्षा, स्वास्थ्य , सम्पदा संरक्षण ,खानेपानी लगायत समस्या र आवश्यकता अनुसार फराकिलो हुँदै गएको जोशीको भनाई थियो । अहिलेको देशको जल्दोबल्दो समस्या युवा पलायन रहेको भन्दै जोशीले अबका दिनहरुमा युवाको प्रवर्धनका कार्यक्रम ल्याउनका लागि सहकारी कर्मी संघ संस्थालाई आग्रह गरेकी छिन् । प्रतिनिधिसभा सांसद नवराज सिलवालले आफू सधैं सहकारी क्षेत्रको भलाईको लागि प्रतिवद्ध रहेको र संघीय विधायकको तर्फबाट सहकारी मैत्री कानुन निर्माण र भएका कानुन संशोधन को लागि सहकारीकर्मी संगै मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै विशेष अतिथि पम्फा भूषालले सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि सहकारी संघले कस्ता कार्यक्रम लागु गर्ने भन्ने विषयमा सोच्न आग्रह गरिन ।यस्तै बचत संघमा आबद्ध सबै संस्थाहरुलाई संस्थाका सबैभन्दा गरिब र विपन्न सदस्यको पहिचान गरी त्यस्ता सदस्यको परिवारलाई माथि उठाउने गरी लगानी गर्न उनको आग्रह छ ।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती ,महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ , जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल ,राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल ,लगायातले पनि शुभकामना व्यक्त गरेका थिए । यस्तै साधारण सभा तथा रजत वर्ष समापनको अवसरमा विभिन्न सहकारीकर्मी तथा संस्थाहरुलाई समान गरिएको थियो भने जिल्लाका ६ ओटै स्थानीय तहका उत्कृष्ठ बचत तथा ऋण सहकारी संस्थाहरुलाई ससम्मान गरिएको थियो । जसमा महांकाल गाउँपालिकाबाट विश्वासिलो साकोस , कोञ्ज्योसोम गाउँपालिकाबाट कल्पवृक्ष साकोस , बागमती गाउँपालिकाबाट घुसेल सामुदायिक सकोस , गोदावरी नगरपालिकाबाट कर्मठ सामुदायिक साकोस , महालक्ष्मी नगरपालिकाबाट शिलु लाईट साकोस र ललितपुर महानगरपालिकाबाट सुप्रिम साकोस सम्मानित भएका छन् । यसैगरी कार्यक्रमामा रजत वर्षको अवसरमा आयोजित पुरुष तथा महिला दौड प्रतियोगितामा प्रथम , दित्तीय तथा तृतीय हुनेलाई नगद तथा मेडलसहित सम्मान गरिएको छ ।

वि। सं २०५० सालमा स्थापित यस बचत तथा ऋण सहकारी संघमा हाल ५१२ वटा संस्थाहरु आबद्ध रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

यो बजेटले नेपालीको जिवनस्तर झन घटाउछ !

यो बजेटले नेपालीको जिवनस्तर झन घटाउछ !

डा. गोपाल पौड्याल 'मण्डने'

'विद्युतीय सवारी साधन प्रयोगलाई सरकारले निरुत्साहित गर्न खोज्यो' - नाडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाबाट प्रस्तुत आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । सरकारले आफनै पूर्व घोषणालाई वेवास्ता गर्दे विद्युतिय सवारी साधनहरुमा पनि डिजेल र पेट्रोलका गाडिहरुमा जस्तै उच्च महशुल दर लगाएको कारण त्यसै पनि महङ्गा विद्युतिय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडिहरु भन्दा महङ्गो हुन पुगेकोले आम व्यक्तिले यस्ता विद्युतिय सवारी साधनहरु खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको जनाएको छ । यसबाट विद्युतिय सवारी साधनहरुको प्रयोगलाई सरकारले फेरी निरुत्साहित गर्न खोजेको हो की भन्ने आशंका उब्जिएको छ । सरकारको यस्तो दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनहरुको व्यवसायमा संलग्न व्यवसायीहको ठूलो लगानी डुब्ने अवस्था आएकोले सरकारबाट आवश्यक पहलका लागि नाडाले अनुरोध गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad