Namaste Icon
Ad
Ad

अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने, गर्भवती भए ६० दिन बिदा

अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने, गर्भवती भए ६० दिन बिदा

काठमाडौं । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन। बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन्। बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन।


कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ।यो खबर कान्तिपुर दैनिकमा छ ।

Ad

सम्बन्धित समाचारहरु

बाँके दुर्घटनाका चालक, सहचालक र घाईतेहरुको नाम सार्वजनिक

काठमाडौँ। गयराती बाँकेको राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा गाडी दुर्घटनामा परी घाइते भएका २१ जनाको नाम ठेगाना नेपाल प्रहरीले सार्वजनिक गरेको छ। मृतकमा भने हाइस चालक र सहचालकको मात्र परिचय खुलको छ।

मध्यराति बाँकेमा सडक दुर्घटना - ११ को मृत्यु, २२ जना घाईते

 पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा मध्यराति १२ बजेतिर गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad