Ad

नेकपा ललितपुरले टुङ्ग्यायो सबै स्थानीय तहका पदाधिकारी (नामावलीसहित )

नेकपा ललितपुरले टुङ्ग्यायो सबै स्थानीय तहका पदाधिकारी (नामावलीसहित )

सन्तोष दाहाल, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) ललितपुर जिल्ला कमिटीले सबै स्थानीय तहमा पार्टी एकताको टुंगो लगाएको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान पाटनमा आयोजित वैठकले स्थानीय तहका इन्चार्ज सहइन्चार्ज र अध्यक्ष तथा सचिवको टुंगो लगाएको हो । यद्यपि महांकाल र बागमती गाउँपालिकामा सहइन्चार्ज को टुंगो लाग्न बाँकी छ ।

बागमती र कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पूर्व माओवादीबाट चयन भएका छन् भने सचिव पूर्व एमालेबाट छन् । त्यसैगरी महांकाल गाउँपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामा पूर्व एमालेका अध्यक्ष, पूर्व माओवादी केन्द्रका सचिव चयन भएका पार्टी जिल्ला कार्यालय सचिव पुरुषोत्तम आचार्यले दर्पण दैनिकलाई जानकारी दिए । । ललितपुर महानगरपालिकाको पदाधिकारी पहिले नै टुंगो लागिसकेको छ , जसमा मन्जली शाक्य (पूर्व माओवादी ) अध्यक्ष र ज्ञानेन्द्र शाक्य (पूर्व एमाले ) सचिव छन् । इन्चार्जमा भने सुशीला नेपाल रहेकी छन् ।

यी हुन् नयाँ चयन भएका स्थानीय तहका पदाधिकारी

बागमती गाउँपालिका
इन्चार्जः नारायण तिमल्सिना (पूर्व एमाले)
सहइन्चार्जः प्रविन थापा (पूर्व माओवादी)
अध्यक्षः भक्त बहादुर दर्लामी ‘निशान’ (पूर्व माओवादी केन्द्र)
सचिवः राजकुमार दर्लामी ‘साजन’ (पूर्व एमाले)

कोन्ज्योसोम गाउँपालिका
इन्चार्जः कष्णमान लामा (पूर्व एमाले)
सहइन्चार्जः राजेन्द्र मोक्तान (पूर्व माओवादी)
अध्यक्षः महेश तामाङ (पूर्व माओवादी केन्द्र)
सचिवः कृष्ण सापकोटा (पूर्व एमाले)

महांकाल गाउँपालिका
इन्चार्जः गणेश केसी
अध्यक्षः अमृतनाथ तिमल्सिना (पूर्व एमाले)
सचिवः माधव दुलाल (पूर्व माओवादी केन्द्र)

गोदावरी नगरपालिका
इन्चार्जः रामप्रसाद दाहाल (पूर्व माओवादी)
अध्यक्षः ब्रह्मानन्द श्रेष्ठ (पूर्व एमाले)
सचिवः भाग्यराम महर्जन (पूर्व माओवादी केन्द्र)

महालक्ष्मी नगरपालिका
इन्चार्जः भरत पराजुली ‘राजेश’
सहइन्चार्जः – केदार केसी
अध्यक्षः हरि गोविन्द श्रेष्ठ (पूर्व एमाले)
सचिवः श्यामकृष्ण महर्जन (पूर्व माओवादी केन्द्र)

Ad

सम्बन्धित समाचारहरु

प्रशिक्षण कार्यक्रममा डा आरजुराणा देउवा

प्रशिक्षण कार्यक्रममा डा आरजुराणा देउवा

नेपाल महिला संघ जिल्ला कार्य समिति कैलालीले आइतबार धनगढीमा आयोजना गरेको राजिनितिमा सशक्त महिलाहरुको भूमिका विषयक जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेतृ डा आरजुराणा देउवालगायत सहभागी ।

'राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्याको प्रपन्च गरियो' - सञ्जेल(विज्ञप्तिसहित)

ललितपुर । प्रदेश ३ का सांसद चेतनाथ सञ्जेलले आफूसँग राजनीतिक प्रतिशोधको भावना राख्ने उद्देश्य बोकेका विपक्षीहरुले हरित्रहत्या गर्ने नियोजित प्रपन्च भएको दावी गरेका छन् । केही दिनअघि चापागाउँमा प्रदेशबाट आएका विकासे योजनामा उपभोक्ता समितिसँग मिलेर आधा रकम खाएको र कमाउ धन्दामा लागेको भन्दा केही अनलाईन मिडियामा समाचार प्रकाशन भएपछी उनले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad