Ad

सदाहार सर्जक बिमल डाँगी र बिष्णु माझीको आवाज आयो मनछुने गीत (हेर्नुहोस भिडियो)

सदाहार सर्जक बिमल डाँगी र बिष्णु माझीको आवाज आयो मनछुने गीत (हेर्नुहोस भिडियो)

काठमाडौं । लोकप्रिय गायक बिमल डाँगी र लोकप्रिय गायिका बिष्णु माझिको आवाजमा ‘आकासैको जुन तारा लाइ’ बोलको गीत सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सो गीत सार्वजनिक गरिएको हो । गीत अमर भण्डारी र अञ्जना गोसार्इको प्रस्तुतीमा रहेको छ ।

पानसमा बत्ति बालेको लगायत सयौ लोकप्रिय गीतका गायक डाँगी विवशताले परदेशीए पनि उनको संगीत प्रतिको मोह र श्रोता दर्सकहरुको उनीप्रतिको माया नमरेको उनको निरन्तर रहेको संगीत क्षेत्र प्रतिको लगावले देखाउँछ । हाल उनि अमेरिका बस्दै आएका छन् तर नेपालि गीत संगीत र मायाँ पनि उनको मन मुटुमा बस्दै आइरहेको देखिन्छ ।


गीतकार अमर भण्डारीले रचना गरेको सो गीतमा बिमल डाँगीले संगित भरेका छन । लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागीले संगीत संयोजन गरेको गीत प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस्तै गीतको भिडियोलाई पनि उत्तिकै मिहेनेत साथ् बनाइएको छ । नेपालि म्युजिक भिडियोका स्थापित एबम लोकप्रिय निर्देशक कुमार केसिको निर्देशनमा बनेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन, भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।

भिडियोमा अभिनय चलचित्र क्षेत्रका स्थापित एबम लोकप्रिय नायक धिरेन साक्य र रक्षा श्रेष्ठको रहेको छ । आफुले यस गीतको निर्देशन गर्दा मिहेनेतको कुनै कसुर बाकि नराखेको निर्देशक कुमार केसीले बताए । यस्तै गयाक डाँगीले पनि गीत चल्नेमा आफु आशाबादि रहेको र नेपालि दर्शक श्रोताहरुको माया सधै आफ्नो मनमुटुमा रहिरहने बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

उषा मगरको स्वरमा मार्मीक गीत ‘ढुङ्गाको मन’ (भिडियो सहित)

काठमाडौं । गीत संगीत बजारमा नयाँ नयाँ गीत आउने क्रममा उषा मगरको स्वरमा रहेको गीत “ढुङ्गाको मन” भिडियो सार्बजनिक गरिएको हो । “कलाकार नेपाल” युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा उषा मगरको सुमधुर आवाज रहेको छ। गीतमा रेशम ओलीको शब्द अनि भिमसेन बिएमको संगीत रहेको छ।

मिलन नेवारले ल्याईन ‘सिन्दूर’ (भिडियो सहित)

मिलन नेवारले ल्याईन ‘सिन्दूर’ (भिडियो सहित)

काठमाडौं । गायिका मिलन नेवारको आवाज रहेको ‘सिन्दूर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्चारकर्मी मधु शाहीको शब्द एवं ज्योति प्रकाशको संगीत रहेको छ । गायिका मिलनको आवाजसँगै भिडियोमा अभिनयसमेत रहेको छ । भिडियोलाई सांगीतिक ब्यान्डसहित प्रस्तुत गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad