Namaste Icon
Ad
Ad

आहा ! तिलीचो बेस क्याम्प

आहा ! तिलीचो बेस क्याम्प

विश्वकै अग्लो उचाईमा रहेको मनाङको खङ्सर गाविसमा पर्ने तिलीचो ताल र तिलीचो बेस क्याम्पका केहि तस्विरहरु ।

तस्विर : विकास मगर, दर्पण दैनिक

मनाङ ङिस्याङ गाउँपालीका वडा ९ मा अवस्थीत तिलीचो ताल हेर्न आउने पर्यटकको घुईचो लागेको हो। समुन्द्री सतहदेखी ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यस ताल आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको छ। आकास खुलेर सेता हिमालका लहर सँगै दशै बिदामा रहेका नेपालीहरुमा मनाङको मोह निकै बढेको छ।

केही बर्ष यता नेपालीले मनाङ खचाखच हुन थालेको हो । अहिले माथिल्लो मनाङका सबै होटलहरु आन्तरीक पर्यटकले भरीएका छन्। मनाङ ङिस्याङ गाउँपालीका सबै गाउँहरु बिदेशी तथा आन्तरीक पर्यटकको भिडभाड देख्न सकीन्छ।

अन्नपुर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनीक २ सय जनाको हाराहारीमा आन्तरीक पर्यटकले तिलीचो तालको अवलोकन गरेको पाइन्छ। मनाङ गाउँ, खाङसार, श्रीखर्क, तिलीचो बेसक्याम हुदै तिलीचो ताल पुग्ने गरेका छन्। गत बर्ष करीव १२ हजार नेपालीले यस तालको अवलोकन गरेका थिए भने अहिले १५ हजारको हाराहारीमा पुग्ने अनुमान गरीएको पर्यटन ब्याबसायी सँघ मनाङले जनाइको छ।

Ad

सम्बन्धित समाचारहरु

आफ्ना १४ बुँदे माग पुरा नभए कडा आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महासंकट र लकडाउनका कारण होटल व्यवसायीहरुलाई परेको मर्का र यस सरकारले नदेखाएको भन्दै होटल व्यवसायी महासंघले आफ्ना मागहरु तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

निजगढ बिमान स्थल पहुच मार्ग बनाउन चार हजार २ सय रूख काटिने

दिपेन्द्र जयसवाल, बारा । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले कटान स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad