Namaste Icon
Ad
Ad

कङ्गोमा दादुराले पाँच हजारको मृत्यु, २ लाख ५० हजार व्यक्ति सङ्क्रमित

कङ्गोमा दादुराले पाँच हजारको मृत्यु, २ लाख ५० हजार व्यक्ति सङ्क्रमित

काठमाडौं । कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको छ । सो महामारीपछि सन् २०१९ मा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ । कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन ९डब्ल्यूएचओ०ले जानकारी दिएको छ ।

कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ । कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको थियो । कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन् ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ । हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो ।

Ad

सम्बन्धित समाचारहरु

प्रहरीको क्रुर हत्या गरेका विकास दुवे ‘इन्काउन्टर’मा मारिए

एजेन्सी । भारतका ग्याङस्टार विकास दुबे मारिएका छन् । उनी आज विहान प्रहरीसँगको ‘मुठभेड’ मा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिजो मध्यप्रदेशको उज्जनमा पक्राउ परेका दुबे आज विहान साँढे बजेतिर मारिएको कानपुरका आइजी मोहित अग्रवालको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । उनलाई मध्य प्रदेशबाट उत्तर प्रदेश लाँदै गर्दा गाडी दुर्घटना भएको र भाग्न खोजेपछि गोली हानिएको उल्लेख छ ।

जर्बजस्ती करणीको आरोप लागेका सियोलका मेयर मृत फेला

जर्बजस्ती करणीको आरोप लागेका सियोलका मेयर मृत फेला

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलका मेयर पार्क वन सुन मृत फेला परेका छन् । उनी बिहीबारदेखि वेपत्ता भएपछि सियोल प्रहरीले निरन्तर खोजी गरेको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad