Namaste Icon
Ad
Ad

'भोलि किनारामा बसेर धुरूधुरू रूँदै नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं’

'भोलि किनारामा बसेर धुरूधुरू रूँदै नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं’

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपश्चात पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न भइनै सकेको छ । निर्वाचन पछि जे जस्ता परिदृश्यहरू देखिए, त्यसको समीक्षा जरूरी छ । मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप(निर्वाचनको जिम्मा दल र नेताहरूलाई मात्र सुम्पिएर हामी मतदाता कानमा तेल हालेर बस्ने अबस्था छैन । कुनै एकजना नेतालाई जिताएर वा कुनै एउटा पार्टीलाई बहुमत दिलाएर मात्र हाम्रो कर्तब्य पुरा हुँदैन । त्यसबाट दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्न पर्ने शिक्षा र सच्याउनु पर्ने धेरै कुराहरू छन् ।

मतदाताहरूले पनि आफ्नो मनोवृत्ति फेर्ने होभने देशलाई चाहिने असल, कुशल र दूरदृष्टि राख्ने ब्यक्तिहरूलाई विजयी गराउन सम्भव छ । सरोकारवाला सबै पक्ष यसो गर्न प्रतिबद्ध छ रु सरकार र उम्मेदवारलाई छाडिदिउँ, के हामी मतदाता तयार छौं र ? हामी मतदाताहरूले हेक्का राख्नु पर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौंस कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं ।

निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौं, यसले जनतालाई मालिक होइनस दास नै बनाइरहेको छ । समाजको सबभन्दा पीँधमा पारिएको बर्ग, लिंग, जाति यस्तो निर्वाचनबाट कहिल्यै माथि उठ्न सकिरहेका छैनन्। प्रायः सबै दलहरूभित्र टिकट वितरणमा पक्षपात र पैसाको लेनदेन भएको गुनासो सार्बजनिक भइरहेका हुन्छन् । अझ महिलाको सन्दर्भमा भन्ने होभने सबै दलहरूभित्र झनै पक्षपात भएको देखिन्छ । टिकटको लागि शरीरसम्म सुम्पिनु पर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन सुनिन थालिएको छ । हाम्रा पुरूष नेतागणहरूको भविष्यवाणी छ( महिलाले प्रत्यक्ष निर्वाचन जित्दैन । त्यसैले टिकट दिएर के काम रुप्रतिस्पर्धैविना परिणाम सुनाउने यो कस्तो तरिका हो ? प्रतिस्पर्धा गर्न दिएपछि न थाहा हुन्छ, परिणाम कसले ल्याउँछ भनेर । दलहरूको कस्तो लोकतन्त्र हो ?

अहिले पनि नबगठित मन्त्रीमण्डलमा महिला मन्त्रीको सङ्ख्या २ मात्र छ भने महिला तथा बालबालिका मन्त्रालयमा महिला मन्त्री नभई पुरुषलाई सुम्पिएको छ यस्तो अवस्थामा नेपालमा महिला हक अधिकार तथा आरक्षणको कुरा कानुनमा मात्र सिमित छ ।अधिकार सुनिश्चित नभएसम्म कसैको निगाहमा बाँच्नु पर्ने वाध्यता रहिरहन्छ । यसको लागि आवश्यक परे नीति निर्माण तहमा रहेका महिला नेतृत्वले पार्टीको घेराभन्दा माथि उठेर संघर्षको अगुवाई गर्ने र सबै महिलाले निशर्त सहयोग गर्ने आँट गर्न जरूरी छ । मलाई महिलावादीको आरोप पनि लगाउन सक्नुहुन्छ । स्वीकार गर्छु म आरोप । किनकि, नारी सौन्दर्यको ब्यापार चलुन्जेल समाजमा नारी(पुरूष समानताको नारा फगत नारामा मात्र सीमित रहनेछ ।

निर्वाचन जनताको लागि उत्सव हुनु पर्ने हो । तर शासकहरूको स्वार्थ, नेता–कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ । हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहिनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?


राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

Ad

सम्बन्धित समाचारहरु

उदाउँदो नारी सूर्य

उदाउँदो नारी सूर्य

लेखक अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमी प्रिन्सिपल हुन ।

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad