Namaste Icon
Ad
Ad

सुन्तला उत्पादन सात प्रतिशतले बढ्यो

सुन्तला उत्पादन सात प्रतिशतले बढ्यो

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष सात प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ६५० मेट्रिक टन सुन्तला उत्पान हुने भएको हो । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र असिनापानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले वृद्धि भएको थियो ।

पर्वतमा ७७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको रेग्मीले जानकारी दिनुभयो । किसानले मल, किटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको रेग्मीले बताए । कृषकले व्यावसायिकरूपमा खेती गर्न थाल्नु, सुन्तला खेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा झण्डै यस वर्ष पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ, भने मोदी गाउँपालिका–२ देउपुरमा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यी दुईवटै गाउँका कृषकको मुख्य पेशा नै सुन्तला बनेको छ ।

पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौँ, काकडभिट्टा, बुटवललगायतका शहरमा निर्यात हुँदै आएको छ । कृषकको बोटमै सुन्तला खरीद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईंले बताए । जलजलाको बाँसखर्कमा माघ लागेपछि मात्र सुन्तला टिप्न शुरु हुन्छ । अन्य क्षेत्रबाट पनि सुन्तला बिक्री शुरु भइसकेको कृषकले जनाएका छन् । यस वर्ष बोटबाटै प्रति किलो ६० का दरले सुन्तला बिक्री हुन थालेको देउपुरका कृषक बाबुराम शर्माले जानकारी दिए । केन्द्रका अनुसार गत जेठमा परेको असिनापानीका कारण कुश्मा नगरपालिका–११ पकुवाको छापा र मोदी–५ बाजुङमा क्षति पु¥याएको थियो । – रासस 

Ad

सम्बन्धित समाचारहरु

मासु र अण्डाको मूल्य आकाशियो

मासु र अण्डाको मूल्य आकाशियो

चितवन । कोरोना भाइरस सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् ।

२२ करोडको आलु उत्पादन, उत्पादनमा ह्रास आए पनि कृषकले राम्रो मूल्य पाए

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad