Namaste Icon
Ad
Ad

एक पाथी कोदोको ८० रुपियाँ

एक पाथी कोदोको ८० रुपियाँ

काठमाडौं । झिमरुक गाउँपालिका–१ बाँदीकोट बडाचौर प्युठानका रुमलाल पोखरेलले आफूले जान्दा बुझ्दादेखि गाउँमा कोदो खेती गर्दै आएका छन् । ७२ वर्षीय पोखरेल हिजोआज पाकेको कोदो भित्र्याउन व्यस्त छन् । पुस्तौंदेखि गरिँदै आएको कोदो खेतीलाई उनले अझैसम्म निरन्तरता दिइरहेका छन् ।

पोखरेल एक पाथी कोदोको ८० रुपियाँमा गाउँकै अन्य किसानलाई बिक्री गर्छन् । उनले ६ रोपनी जग्गामा खेती गरेका छन् । वार्षिक करिब १३ मुरी कोदो उत्पादन हुन्छ,’ पोखरेलले भने, ‘यसलाई पारिलो ठाउँ चाहिन्छ । उब्जाउनु मात्र पर्छ, बेच्न समस्या छैन ।’ प्युठानका उत्तरीपूर्वी क्षेत्रमा पर्ने गाउँका किसानको कोदो पुख्र्यौली खेती नै हो ।

कतिपयको यही खेती जीविका चलाउने माध्यम बनेको छ । झिमरुक गाउँपालिकाको बाँदीकोट, बांगेमरोठसहित गौमुखी गाउँपालिकाको नारीकोट, खुङ, पुँजा, अर्खा, रजवारा, लिवाङ गाउँ कोदो खेतीका लागि प्रख्यात मानिन्छन् । सलिम अन्सारीले प्युठानबाट लेखेको यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले प्रकाशित गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल आएका सलह आफैं मर्न थाले

नेपाल आएका सलह आफैं मर्न थाले

काठमाडौं । अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए। ‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं मर्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’ उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उनले बताए।

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

इलाम । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ । नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad