धार्मीक एबं पर्यटकीय महत्वको रानीकोट्टा, कसरी पुग्न सकिन्छ ?

धार्मीक एबं पर्यटकीय महत्वको रानीकोट्टा, कसरी पुग्न सकिन्छ ?

विरादत्त भट्ट, दार्चुला । दार्चुला जिल्लाको उत्तर पश्चिमी क्षेत्र ब्यास गाउँपालिकामा पर्ने रानिकोट्टा धार्मीक एबं पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र रहेको छ । ब्यास गाउँपालिकाको वडा नं ३ क्षेत्रमा पर्ने रानीकोट्टा भगवान शिव र पार्वतीको बसोबास संग जोडीएको स्थानका रुपमा रहेको बताइएको छ । भगवान शिव र पार्वती पृथ्वी लोकमा घुम्न आएका बेला भगवान शिवलाई झुक्याउनका लागी पार्वर्ती लुकेको ठाउँ भनेर रानिकोट्टा क्षेत्र परिचित रहेको स्थानिय पत्रकार मान सिहँ कुवरको भनाई छ ।

धार्मीक एबं पर्यटकीय दृष्टीकोणले महत्वपुर्ण रहेको यस क्षेत्रमा भक्तजन र पर्यटकहरुका लागी ब्यास गाउँपालिकाले पदमार्ग निर्माण गरिरहेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिहँ बुढाथोकीले बताए । गाउँपालिकाले गत आर्थिक बर्षमा सिनाको सल्याडी देखि ढुङ्गाखाली सम्म करिब १४ सय मिटर क्षेत्रमा पदमार्ग निर्माण गरेको छ भने यस आर्थिक बर्ष थप बाटो निर्माणका लागी ५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकाको पहिलो योजना त्यस क्षेत्र सम्म पदमार्ग निर्माण गर्ने र पछि त्यस क्षेत्रमा भक्तजनहरुका लागी बसोबासका लागी भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीकाको भनाई छ ।

समुद्री सतह बाट करिब ४ हजार ४ सय मिटर उचाइमा रहेको रानीकोट्टा क्षेत्रमा रात्री आराधाना गर्ने भक्तजनहरुका लागी बसोबास गर्न प्राकृतिक ओडार रहेको छ । भगवान शिव र पावर्तीको दर्शन पाइने उक्त धार्मीक तिर्थस्थलमा भोकोपेट शुद्ध मनका साथ पुजाआजा गरे मनले चिताएको पुराहुने विश्वास रहेको स्थानिय पत्रकार मान सिहँ कुवरको भनाई छ ।

रानीकोट्टा कसरी पुग्न सकिन्छ ?
रानीकोट्टा पुग्नका लागी दार्चुलाको जिल्ला सदरमुकाम खलंगा बाट उत्तर पश्चिम तर्फ रहेको ब्यास गाउँपालिकाको वडा नं ३ सिना आधार विन्दु हो । सिना बाट पनि रानीकोट्टा पुग्नका लागी विभिन्न बाटाहरु रहेका छन् । सिनामा रहेको प्रसिद्ध धार्मीक तिर्थस्थल गोतु तातोपानी र गोतुखोला हुदै रानीकोट्टा सम्म पुग्ने एउटा बाटो हो भने पारि सिना सल्याडी बाट ढुङकाङ हुदै ब्यास गाउँपालिकाले निर्माण गरेको पदमार्ग हुदै पनि रानीकोट्टा पुग्न सकिन्छ । साथै दुहु गाउँपालिकाको थाइसैन हुदै पनि उक्त क्षेत्रमा पुग्न सकिन्छ ।

भ्रमण बर्ष मनाउने ब्यासको योजना
नेपाल भ्रर्मण बर्ष मनाउनका लागी रानीकोट्टा जस्तै ब्यास गाउँपालिका भरिका धार्मीक एबं पर्यटकीय क्षेत्र उजागर गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिलिप सिहँ बुढाथोकीको भनाई छ । गाउँपालिका भरिका धार्मीक एबं पर्यटकीय क्षेत्र उजागर गर्नका लागी सम्पुर्ण धार्मीक एबं पर्यटकीय क्षेत्रहरुको बृतचित्र (डकुमेन्ट्री) बनाई प्रचार प्रसार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकाको निति तथा कार्यक्रममा नै धार्मीक तथा पर्यटकीय क्षेत्रहरुको बृतचित्र बनाएर प्रचार–प्रसार गरि भ्रमण बर्ष सफल पार्ने गाउँपालिकाको योजना रहेको उहाँको भनाई छ ।

नेपाल भ्रमण बर्षलाई लक्षीत गरि गाउँपालिकाले २ ठाउँमा संग्रहालय समेत निर्माण गरिरहेको छ । वडा नं २ को राप्ला र वडा नं ५ को स्याकुमा संग्रहालय निर्माण गरि स्थानिय कला संकृतीको प्रचार–प्रसार गर्ने गाउँपालिकाको योजना रहेको छ ।

संग्रहालयको कार्य अन्तीम चरणमा रहेकोले राप्लामा निर्माण भइरहेको संग्रहालयमा रं भाषा र संसकृतीको उजागर गरिने र स्याकुमा निर्माण भइरहेको संग्रहालयमा प्राचिन तामाको तउलो (तामाको एक प्रकारको भाडो) प्रर्दशनी गर्ने तथा समग्र ब्यास क्षेत्रको कला संसकृतीको संरक्षण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

टान र भ्रमण बर्ष सचिवालयबीच सम्झौता

टान र भ्रमण बर्ष सचिवालयबीच सम्झौता

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच दुई पक्षिय समझदारी भएको छ । उक्त ११ बुादा समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष गरे । सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ । टान अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिादै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराए ।

घोडाघोडी महोत्सव हुदैं, ब्यावसायिक बिकास र पर्यटन प्रबर्द्धनमा जोड

गोविन्द बीसी, बौनिया । ब्यवसायिक क्षेत्रको बिकास र पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य सहित घोडाघोडी महोत्सव आयोजना हुने भएको छ । कैलालीको सुखडमा आगामी माघ २ देखी माघ १२ गतेसम्म घोडाघोडी साङ्गीतिक तथा पर्यटन महोत्सव एवम् व्यापार मेला २०७६ हुने भएको हो । घोडाघोडी मिडिया सञ्चार समूहको आयोजनामा महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस